केपीको सत्ता टिकाउन मेरो छोरालाई जेल मुक्त गर्नु पर्दैन – रेशमका पिता लालवीर चैधरी

काठमाण्डौँ । मेरो छोरा रेशमलाई मोहरा बनाएर राजनीति भइरहेको छ ।  सत्ता साझेदारीका लागि जनता सजाजवादी पार्टी ( जसपा ) नेपालले रेशमको रिहाइलाई सर्त बनाएको हो । रेशमको रिहाइबारे सर्त ठीक हो, तर लाल आयोगको प्रतिवेदनमा टेकेर अघि बढनुपर्ने खाँचो म देख्छु ।

अहिले सरकारसँगमात्र सम्झौता गरेर रिहा गराउने हो भने भोलिका दिनमा फेरि रेशमलाई पक्राउ गरिने सम्भावना कायमै रहन्छ । त्यसैले लाल आयोगको प्रतिवेदनमाथि टेकेर मन्त्रिपरिषदले निर्णय गर्ने र त्यसैअनुसार रेशमलाई रिहा गराउन पहल गर्ने हो भने टीकापुर घटना राजनीतिक मुद्दा हो भन्ने स्थापित हुन्छ र रेशममात्र होइन, सो घटनाका अन्य आरोपीमाथि न्याय हुन्छ ।        


अहिले त जसपा नेपालले हावाका भरमा रेशम चौधरीको रिहाइको माग गरिरहेको छ, यो सत्ता स्वार्थमात्र हो । रेशममात्र होइन, सबै थारु जातिमाथि अन्याय भएको छ । यसको छिनोफानो लाल आयोगले मात्र गर्न सक्छ भनेर धेरै पहिलादेखि हाम्रा नेताहरुले भन्दै आएका हुन् । तर, अहिले लाल आयोगको प्रतिवेदन किन खोजिँदैन । 

हामी पीडित छौं, दशौं करोडको क्षति भएको छ, छोरा जेलमा छ । हामी थारु जाति नभइदिएको भए १० करोड क्षतिको बदला १५ करोड पाइन्थ्यो होला । थारु भएकै कारण हामीले अहिलेसम्म अन्याय भोग्दै आएका छौं ।

केपी शर्मा ओलीले आफ्नो सत्ता टिकाउनका लागि रेशमलाई ‘मोहरा’ नबनाउन् । रेशमलाई साँच्चै नै रिहा गर्ने हो भने सबैभन्दा पहिला टीकापुर घटनालाई राजनीतिक मुद्दाका रुपमा लिनुपर्छ ।


ओली सरकारले टीकापुर घटनाका दोषी ठहरिएका सबैलाई रिहा गर्न सक्थ्यो । तर, यतिका वर्षसम्म गरेन । अहिले आएर रेशमको रिहाइबारे प्रधानमन्त्री ओलीले जसपा नेपालका नेताहरुसँग कुरा गर्नु भनेको टीकापुर घटनाका पीडित, थारु समुदायले उठाएका राजनीतिक मागप्रति सद्भाव देखाएर होइन कि आफ्नै नेतृत्वको सरकार टिकाइराख्न मात्र केन्द्रित छ भन्ने कुरा सबैले बुझेका छन् ।

जसपाले रेशमको रिहाइको माग पार्टीका लागि गरेको हो या व्यक्तिका लागि गरेको हो भन्नेमा हामी पनि अन्योलमा छौं । जसपाले रेशमको मुद्दालाई पहिलादेखि नै यसरी प्राथमिकता दिएर उठाउनुपर्ने हो । अहिले जसपा नेपाल आफै पनि सत्तामा जान र प्रधानमन्त्री ओलीलाई पनि सत्ता टिकाउनका लागि रेशमको कुरा उठेको हो भन्ने हाम्रो ठम्याइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

प्रहरीको सक्रियता : ६ महिनामा ५३६४ जना पक्राउ, १ अर्ब १९ करोडभन्दा बढी जरिवाना असुल

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे । जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१..