अनलाइन मार्फत ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं । अनलाइन मार्फत रकम ठगी गरेको अभियोगमा चितवन रत्ननगर नगरपालिका-१ निपनी चोक बस्ने २१ वर्षीय विनेश महतोलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमा अनाधिकृत पहुँच पुर्‍याई मेसेञ्जरबाट पीडितहरुसँग विभिन्न बहाना बनाई झुक्याई ४७ हजार रुपैयाँ मोवाइल बैंकिङबाट ट्रान्सफर गरीदिनु भनि ठगी गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय टाँडी चितवनसँगको समन्वयमा उनलाई पक्राउ गरेको हो ।

उनलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..