सरकारको समर्थन फिर्ता नलिन ममाथि दबाब छ, अब धेरै दिन कुर्दिनँ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल सरकारको समर्थन फिर्ता नलिन आफूमाथि चर्काे दबाव रहेको बताएका छन्। 

बृहत् नागरिक आन्दोलनको कार्यक्रममा बोल्दै उनले भने, ‘समर्थन फिर्ता नलिन ममाथि दबाव छ। हतार गरेर समर्थन फिर्ता लियो भने अर्को कुरा हुन्छ। अब म धेरै दिन कुर्ने वाला छैन। छिट्टै अगाडि बढ्छु। सबै राजनीतिक दलहरूको साझा सहमति कुरिरहेको छु।’ ओलीको प्रतिगमनविरुद्ध साझा धारणा बनाउनुपर्ने उनको भनाई छ। 

‘सेटिङ गरेको भन्ने ओली पक्षले कुरा गरिरहेका थिए। मैले सार्वजनिक रुपमा त्यो सेटिङ जनताको बलमा भयो। हामीले एउटा ब्याटल जित्यौँ, उनले भने, ‘हामीले सोच्यौँ संसद पुनःस्थापनापछि ओलीले राजीनामा दिनुहुन्छ भन्ने लागेको हो। त्यो निर्णयपछि हामीले राजनीतिक रिल्याक्स गरेका थियौँ। तर, लोकतन्त्रको विरुद्ध डिजाइन छ भनेर हामीले तयारी गर्नुपर्थ्यो तर, हामी त्यहाँ चुक्यौँ।’ 

पार्टी एकता भंग गर्ने सर्वोच्चको दुई न्यायाधीशको निर्णय अस्वभाविक भएको दाबी गरे। ‘हामीले विवादित निर्णय मानेका छौँ। तर, त्यो निर्णय सहि छैन। त्यसैले पुनरावलोकन जान्छौँ’ उनले भने। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..