काठमाडौं बन्यो विश्वको पहिलो प्रदुषित शहर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे सेवा बन्द

काठमाडौं, । शुक्रबार दिउँसो काठमाडौं विश्वकै पहिलो प्रदुषित शहरमा परेको छ । विश्वको प्रदूषण मापन गर्ने आइक्यू एयर डट कमले शुक्रबार दिउँसो केहीबेर काठमाडौंलाई विश्वकै पहिलो वायु प्रदूषित शहरमा राखेको हो ।


प्रदूषित शहरको लिष्टको दोस्रो नम्बरमा चीनको राजधानी बेइजिङ रहेको छ । तेस्राे नम्बरमा भारतकाे मुम्बइ, चाैँथाे नम्बरमा बंगलादेशकाे ढाका र पाँचाैँ नम्बरमा चीनकाे वुहान रहेकाे छ ।


काठमाडौंमा प्रदुषण बढ्दा हवाइ उडानमा समेत असर परेको छ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार शुक्रबार मध्यान्हबाट उडान तथा अवतरण दुवै बन्द गरिएको छ । भारतका विभिन्न स्थानबाट उडेर आएको धुलोका साथै काठमाडौं उपत्यकामा सुख्खापन छाएका कारण वायु प्रदुषण भएको विज्ञहरुको भनाइ छ ।वायु प्रदुषका कारण भिजिविलिटी कम भएकोले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट हुने उडानहरु प्रभावित भएको विमानस्थल स्रोतले जनाएको छ ।


शुक्रबार काठमाडौंबाट उड्ने दर्जनौँ उडानहरु प्रभावित भएकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्राेतले जनाएकाे छ । जसमा सबैभन्दा धेरै भरतपुरका उडानहरु प्रभावित भएका छन् ।


नेपालकै तराई क्षेत्रमा भइरहेको आगलागी र सुख्खा बढेको कारण पनि काठमाडौँको आकाशमा प्रदुषण छाएको विज्ञहरुको भनाइ छ । वायु प्रदुषणका कारण मानव स्वास्थ्यमा पनि नकारात्मक असर पर्ने भएकाले सचेत रहन विज्ञहरुले आग्रह गरेका छन् । बाहिर ननिस्कन तथा निस्कनै परे मास्क अनिवार्य लगाउन आग्रह गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं । इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना..