कोदोको रक्सीलाई ब्राण्ड बनाउने नारा लागू गर्नेछु : प्रदेश १ का सामाजिक विकासमन्त्री राई

खोटाङ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको रक्सीलाई ब्राण्ड बनाउन पहल गर्ने बताउनुभएको छ । स्थानीय प्रशासनले कोदोको रक्सी जफत गरिरहेको अवस्थामा ‘ब्याण्ड भर्सेस ब्राण्ड’को नारा लिएर प्रवद्र्धनमा लाग्नुभएका मन्त्री राईले शुक्रबार शपथ तथा पदभार ग्रहण गरेलत्तै सामाजिक सञ्जालमा स्टाटस लेख्नुहुँदै साना उद्योगका रूपमा रहेको कोदोको रक्सी उत्पादनलाई कानूनीरूपमा वैधता दिने प्रबन्ध मिलाउनुपर्नेमा जोड दिनुभयो ।


उहाँले खोटाङको दिक्तेल बजारमा यसअघि स्थानीय उत्पादनको रक्सी प्रहरीले जफत गरेर नष्ट गरेको विषयलाई लिएर स्थानीय सरकारको कडा आलोचनासमेत गर्नुभएको थियो ।

मन्त्री राईले पदभार ग्रहण गर्नुभएलत्तै फेसबुकमा लेख्नुभएको स्टाटसमा नेपाली जनताको परिवर्तनका लागि सामाजिक मुक्ति आन्दोलनमा आफ्नो यात्रा अविचलित रहिरहने पनि बताउनुभएको छ ।


खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा जन्मनुभएकी मन्त्री राईले मन्त्रीको पदभार ग्रहण गर्नुभएपछि जन्मदिने आमाबुबा तथा खोटाङे जनतालाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

लहान । मधेस प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमाप्रसाद चतुर्वेदीले राष्ट्र र नागरिकलाई सर्वोपरि राखी उच्च व्यावसायिक निष्ठाका साथ कर्तव्य निर्वाह गर्न..