होलीमा सार्वजनिक कार्यक्रम नगर्न प्रदेश नं. २ का प्रहरी प्रमुख डीआईजी सिंहको आग्रह

जनकपुरधाम । होलीमा सार्वजनिक कार्यक्रम नगर्न २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामले आग्रह गरेको छ । घर–परिवारमा मात्रै होली खेल्न आग्रह गर्दै प्रहरीले होलीको नाममा कुनैपनि सार्वजनिक कार्यक्रम आयोजना नगर्न आग्रह गरेको हो ।

चैत १६ मा तराईका जिल्लामा होली मनाईदै छ । घरको छत, बरन्डा र झ्यालबाट जबर्जस्ती पिच्कारी र लोला हानेमा कानुनी कारवाही गरिने २ नम्बर प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ( डीआईजी ) धिरज प्रताप सिंहले सुरक्षा खबरलाई बताए ।

सडकमा हिँडेका मानिसलाई इच्छा विपरित अवीर नदल्न प्रहरीले आग्रह गरेको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामले विज्ञप्ति मार्फत भनेको छ, ‘कोरोना संक्रमण बढ्नेतर्फ सचेत रहँदै नागरिक जिम्मेवारी नभुलौँ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..