सभ्य तरिकाले घर परिवारमा मात्र होली खेल्न एसपी भण्डारीको अपिल

सिरहा । नजिकिँदै गरेको होली पर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय सिरहाले कोरोना संक्रमण फैलने खतराबाट बच्दै होली पर्व मनाउन भनेको छ। विभिन्न १० बुँदे सुझाव सार्वजनिक गर्दै शुक्रबार सिरहा प्रहरीले यसो भनेको हो।

होली पर्व मनाउँदा संक्रमणको जोखिमबाट बचेर परिवारमा मात्र मनाउन अपिल गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) सुदिप राज भण्डारीले बताए।

भिडभाडजन्य कार्य नगर्न, समाजिक दुरी कायम गर्ने, मास्कको अनिवार्य र उचित प्रयोग गर्न र जन स्वास्थ्यका रुपमा मापदण्ड र प्रोटोकल पालना गर्न प्रहरीले ध्यानकर्षण गराएको छ । घरको झायाल, छत, बरण्डा आदिबाट रंग, पानी, पिच्कारी तथा लोला प्रहार नगर्न आग्रह गर्दै प्रहरीले यस्ता किसीमका क्रियाकलाप गरे कानुन बमोजिम कार्रवाही गर्ने चेतावनी समेत दिएको छ ।

सिरहा प्रहरीले जारी गरेको यस्तो छ १० बुँदे सुझाव :

१. कोरोना (कोभिड –१९) को संक्रमण को जोखिम कायमै रहेको सो को नया स्वरुप समेत देखा परेको सन्दर्भमा सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७७।१२।०८ गतेको प्रेस विज्ञप्ति अनुसार भिडभाडजन्य कार्य नगर्न, समाजिक दुरी कायम गर्ने, मास्कको अनिवार्य र उचित प्रयोग गर्न र जन स्वास्थ्यका रुपमा मापदण्ड र प्रोटोकल पालना गर्न सार्वजनिक अपिल भएको सम्बन्धमा सम्पुर्णमा ध्यानाकर्षण गराईन्छ ।

२. कोभिड–१९ को सम्भावित संक्रमणलाई ध्यानमा राखी आफ्नो घर परिवारमा मात्र होली मनाऔँ ।

३. घरपरिवार भन्दा बाहिर गएर समुहमा भेलाभई होली पर्व नमनाउ ।

४. होलीको नाममा कुनै पनि सार्वजनिक कार्यक्रमको आयोजना नगरौँ ।

५. मादकपदार्थ तथा नसालुपदार्थ सेवन गरी सवारी साधन चलाउन, मोटरसाईकल चालकले हेलमेट नलागाउन, दुई भन्दा बढी व्यक्ति सवार गर्ने, ट्राफिक नियमहरुको उल्लङघन हुने क्रियाकलाप नगरौँ ।

६. घरको झायाल, छत, बरण्डा आदिबाट रंग, पानी, पिच्कारी तथा लोला प्रहार नगरौँ ।

७. सडक÷बाटोमा हिडिरहेका व्यक्तिउपर इच्छा विपरित रंग, अविर दल्ने, मोविल पेन्ट घस्ने कार्य नगरौँ ।

८. पर्वको नाममा समुदायमा नकारात्मक असर पर्ने, शान्ति भंग हुने खालका अभद्र तथा उच्छूङ्खल क्रियाकलापहरु नगरौँ ।

९. महिलालाई लक्षित गरेर इच्छा विपरित रंग तथा अविर लगाउने, लोला हान्ने, पानी पिच्कारी हान्ने र कुनै पनि किसिमको सताउने तथा हैरानी दिने खालका क्रियाकलाप नगरौँ ।

१०. होली मनाउदा कोरोना संक्रमण बढने तर्फ सचेत रहौँ र नागरिक जिम्मेवारीलाई कहिल्यै पनि नभुलौँ ।

माथि उल्लेखित वुदाँहरु विपरितका क्रियाकलापहरु भए गरेको पाएमा कानुन बमोजिम कार्रवाही गरिने व्यहोरा समेत जानकारी गराईन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..