नहरामा डाक्टरले समयमा रेफर नगर्दा एक वृद्धको मृत्यु,डाक्टर फरार

  • गौरभ साह

सिरहा । सिरहाको नरहा गाउँपालिका वडा नम्बर – ३ स्थित नयाँ चोहर्वामा रहेको अनुराधा हेल्थ केयर एन्ड डाइग्नोस्टिक सेन्टरका डाक्टरको लापरबाहीका कारण एक वृद्धको मृत्यु भएको छ ।

सहि उपचार नहुँदा र समयमा अन्यत्र उपचारको लागि रेफर नगर्दा नरहा गाउँपालिका ३ डन्डाटोलका ६४ वर्षिय रामसुफल महतोको विहिवार राति मृत्यु भएको हो । मृतकका छोरा लालबिहारी महतोले डाक्टरको लापरबाहीले बुवा गुमाउनु परेको भन्दै डाक्टरमाथि कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरे ।

बान्ता आउने र ब्लडप्रेशर हाइ भएर ९ गते सोमबार महतो हेल्थ केयरमा भर्ना भएका थिए । भर्ना भएकै दिनदेखि विरामीमा खासै सुधार नआएपछि छोरा लालबिहारीले डाक्टरलाई पटक पटक अन्यत्र रेफर गर्न भनेपनि यही ठिक हुन्छ भन्दै चिकित्सक संजय यादबले जबर्जस्ती राखेको छोरा लालबिहारील जनाए ।

उनले अन्तिममा आफ्नो केही नचलेपछि वडा अध्यक्ष अनीसुल मियालाई ल्याएर भन्न लगाई हिजो वेलुका विराटनगर लग्ने क्रममा बाटोमै मृत्यु भएको बताए ।
चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै पीडित पीडित परिवारले उपचारमा संलग्न चिकित्सकलाई सार्वजनिक गरेर कारबाही गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका छन् ।

उपचारमा संलग्न डाक्टर संजय यादब फरार भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी सिरहाले घटनाबारे थपअनुसन्धान भइरहेको जिल्ला प्रहरील सिरहाका प्रहरी प्रमुख एसपी सुदिपराज भण्डारीले बताए ।

यस्तै सिरहाका प्रमुख जिल्ला अधिकारी ( सिडियो ) प्रदिपराज कणेलले क्लिनिकले विरामी भर्ना लिन नपाउने कानुनी व्यवस्था रहेको तर सो क्लिनिकले तीन दिनसम्म राखेकाले आवश्यक कारबाही हुने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..