माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक कलंकीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को माधवकुमार नेपाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको छ।

आज बिहान ११ बजे कलंकीस्थित मेघा पार्टी प्यालेसमा बस्ने बैठकले पार्टीको आगामी रणनीतिबारे छफल गर्ने नेपाल पक्षका केन्द्रीय सदस्य राजेन्द्र राईले जानकारी दिए। ‘पार्टीभित्र देखिएको पछिल्लो विवादका विषयमा छलफल गर्न बैठक बोलाइएको हो,’ उनले भने।

फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेभित्र नेपाल समूह र पार्टी अध्यक्ष केपी शर्मा ओली समूहबीच देखिएको विवाद चरम रुपमा पुगेको छ।


ओली पक्षले आफ्नो समूहको बैठक राखेर विधान संशोधन गर्ने, पदमुक्त गर्ने, जिम्मेवारी तोक्ने लगायतको काम गर्दै आएको छ भने नेपाल पक्षले पनि समानान्तर कमिटी गठनलाई तीव्रता दिएको छ।

यसैबीच, पार्टी अध्यक्ष ओलीले आजै संसलदीय दलको बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बस्दै छ।

बालुवाटारमा बस्ने पार्टीको कुनै पनि बैठकमा सहभागी नहुने घोषणा गरेको नेपाल समूह संसदीय दलको बैठकमा सहभागी हुने वा नहुने भन्नेबारे समेत आजको केन्द्रीय कमिटी बैठकले निर्णय गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..