‘ओलीको नौटङ्की : रेशमलाई जेल हाल्ने पनि आफैँ मुक्त गर्न खोज्ने पनि आफैँ’: खगेन्द्र संग्रौला

काठमाडौँ। लेखक खगेन्द्र संग्रौलाले रेशम चौधरी रिहाईलगायत मधेसका मुद्दाहरुलाई लिएर गरेको प्रदर्शनमा सहभागी भएका गृहमन्त्री रामबहादुर थापाप्रति आपत्ति जनाएका छन्।

बिहीबार राजधानीको माइतीघरमा थरुहट संघर्ष समितिले गरेको आन्दोलनमा गृहमन्त्री थापा आफै उपस्थित भएर वार्ताका लागि तयार हुन आदेश दिएका थिए। यसैबीच लेखक संग्रौलाले रेशम चौधरीलाई जेलमा हाल्ने अनि ओली सरकार र थुनामुक्त गर्नेपनि ओली सरकार भनेर नौटंकीको संज्ञा दिएका छन्।

सामाजिक सञ्जालमा ट्वीट गर्दै संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका महन्थ गुटलाई ललाई फकाई आफ्नो सरकारको आयु लामो बनाउन लागि परेको बताएका छन्
उनले लेखेका छन्, ‘ओली सरका अर्दलीतुल्य गृहमन्त्री रामबहादुर थापा बादल विधिवत् निर्वाचित सांसद रेशम चौधरीलाई थुनामुक्त गर्ने नौटङ्की रच्दै जसपाको महन्थ गुटलाईललाई-फकाई,लोभ्याई-झुकाई ओलीतन्त्रको आयु र आफ्नो जागिर लम्ब्याउन नाङ्गै सडकमा! थुन्ने आफैँ, थुनामुक्त गर्न सडकमा कुर्लिने आफैँ ! हैट,नकटा !

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..