सांसद रेशम चौधरीको रिहाईसहितको मागप्रति सरकार सकारात्मक भन्दै गृहमन्त्री बादल धर्नामा

काठमाडौं । गृहमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) रामबहादुर थापा ‘बादल’ थारु कल्याणकारी सभा, थारुहट–थारुवान संयुक्त संघर्ष समितिले अघि सारेका मागप्रति सरकार सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । आज माईतीघर मण्डलामा आयोजित धर्ना कार्यक्रममा सरिक हुँदै गृहमन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले वार्ता तथा सम्वादबाट नै समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका छन् । उनले माग पूरा गराउनको लागि सरकार सकारात्मक रहेको भन्दै त्यसको लागि वार्ता टोली गठन गरेर अघि बढ्ने र समस्याको समाधान पनि छिट्टै हुने विश्वास दिलाए ।

उनले धर्ना कार्यक्रममा सहभागी हुँदै सडकमा पलेटी कसेर माईकमार्फत सम्बोधन गरेका हुन् । उनले सम्बोधनको क्रममा भने,‘सरकारको तर्फबाट म यहाँ उपस्थित छु । तपाईंहरुको समस्या समाधान गर्न सरकारले अब छिट्टै वार्ता टोली गठन गर्छ ।

तपाईंहरुले पनि धर्ना छाडेर वार्ता टोली गठन गर्नुस् । हामी आज नै वार्ता टोली गठन गर्छौं । वार्ता र संवादबाट यसलाई हल गरौँ ।’ धर्ना कार्यक्रमलाई रुक्मिणी थारुलगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..