शिवकुमारको हत्या आरोपमा आफ्नै काकाको छोरा सहित २ जना पक्राउ

गौरभ साह / सिरहा । चैत आठ गते मृत अवस्थामा भेटिएका सिरहाको मिर्चैया नगरपालिका–७ का शिवकुमार यादवको हत्या आरोपमा उनकै काकाको  छोरा सहित  २ जना  पक्राउ परेका छन् । २८ वर्षका शिवकुमारको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले उनकै काकाका छोरा २७ वर्षीय विष्णु कुमार यादव र अभियुक्त  विष्णु कुमार यादवको जेठान  वडा न . ९ बस्ने राम बाबु यादबको  छोरा २४  वर्षीय इन्द्र  देव सिंह यादवलाई पक्राउ गरिएको  इलाका प्रहरी  कार्यालय मिर्चैयामा बिहिवार आयोजना गरिएको पत्रकार समेलनमा प्रहरी नायब  उपरीक्षक राजेन्द्र  श्रेष्ठले बताएका छन्  ।

शिवकुमारको शव चैत ८ गते राति हत्या भएको अवस्थामा मिर्चैया नगरपालिका–१ स्थित एक आँपको बगैंचामा भेटिएको थियो । विष्णुले शिवकुमारको अपहरण गरी फिरौती मागेको र नदिँदा हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए । ‘विष्णुले आफ्ना सालो इन्द्रदेव यादवसँग मिलेर शिवकुमारको अपहरण गरी हत्या गरेको  थियो  ।

हत्यामा संलग्न दुबै जनालाइ बुधबार पक्राउ गरिएको छ  ।’ प्रहरीका अनुसार विष्णुले शिवकुमारको परिवारसँग ५० लाख रुपैयाँ फिरौती मागेका थिए । फिरौती नपाएपछि चैत ८ गते राति हत्या गरी शव कंक्रिटले छोपेर भागेका प्रहरीको भनाइ छ ।

उनीहरुले शिवकुमारको मोवाइल भने खोलामा फालिदिएका थिए । शिवकुमारका दाजु हालै वैदेशिक रोजगारीबाट फर्केको हुनाले रकम असुल गर्ने उद्देश्यले अपहरण गरेको देखिएको डीआईजी सिंहले बताए ।

‘वैदेशिक रोजगारीबाट आएपछि माग्ने जति रकम पाउने सोंचका साथ र  घरायसी वादविवाद रिसइबीको कारण  शिवकुमारको अपहरण गरी हत्या गरेको देखिन्छ’ उनले भने । बिष्णु कुमार यादव २ वर्ष अगाडि पनि लागू औषध मुद्दामा पक्राउ परि सिरहा जिल्ला अदालतको आदेशले २ वर्ष कैद सजाय गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..