भारत सरकारले कोरोना खोप निर्यातमा प्रतिबन्ध लगायो, नेपालमा खोप नपाउने चिन्ता

काठमाडौँ । भारतमा पुन : कोरोना भाइरसका संक्रमितहरु ह्वात्तै बढ्न थालेपछि कोरोना भाइरसविरुद्धको खोप (भ्याक्सिन) निर्यातमा प्रतिबन्ध लगाइएको छ ।

अक्फोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित एवं भारतमा उत्पादित कोभिशील्ड नामक खोप निर्यातमा भारत सरकारले रोक लगाएको हो । यसअघि नेपालमा अग्रपंक्तिमा रहेर काम गर्नेहरु र उच्च जोखिम समूहलाई दिइएको खोप सोही कोभिशिल्ड हो । तर भारतले खोप निर्यातमा रोक लगाएपछि भने नेपालमा यसअघि खोप लगाएहरुले पनि दोस्रोे डोज खोप नपाउने चिन्ता बढेको छ ।

भारतीय विदेश मन्त्रालयले भारतमै कोरोना संक्रमितहरु पुनः बढिरहेकाले तत्काललाई खोप निर्यातमा प्रतिबन्ध लगाइएको हो । यस महिना भारतमा कोरोनाको नयाँ लहर शुरू भएर संक्रमितहरु दैनिक रुपमा बढिरहेका छन् । हाल त्यहाँ दिनहुँ ५० हजारभन्दा बढी संक्रमित फेला परिरहेका छन् ।

बिबिसी हिन्दीका अनुसार अहिले भारतमै कोरोना खोपको उच्च माग छ । सो माग धान्नकै लागि भए पनि कम्तीमा अप्रिल महिनाको अन्त्यसम्म नै भारतले अन्य देशमा भ्याक्सिन निर्यात गर्नेछैन ।

भारतले खोप निर्यात रोक्दा कोभ्याक्स योजनाअन्तर्गत खोप प्राप्त गर्ने नेपाल लगायत १९० देशमा असर पर्ने बताइएको छ । विश्व स्वास्थ्य संगठनको नेतृत्वमा कोभ्याक्सअन्तर्गत सबै देशमा भ्याक्सिन उपलब्धता सुनिश्चित गर्ने लक्ष्यअनुसारअहिलेसम्म ७६ देशमा करिब ६ करोड डोज भ्याक्सिन भारतमार्फत नै पठाइएको छ । नेपालमा पनि भारतको अनुदानमा १० लाख खोप र कोभ्याक्स अन्तरगत ३ लाख खोप यसअघि प्राप्त भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..