पेस्तोलसहित दुई युवक प्रदेश २ प्रहरीको फन्दामा

बीरगंज । कटुवा पेस्तोलसहित प्रहरीले पर्सामा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बीरगञ्ज महानगरपालिका २४ सिर्सिया बस्ने शर्मा साहका छोरा २७ बर्षीय दीपेन्द्र साह र सोही वडाका सुरेन्द्र गुप्ताको छोरा २३ वर्षीय सनोज गुप्ता रहेका छन् ।

उनीहरुलाई कटुवा पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन् ।खनालका अनुसार मंगलबार पर्साको बीरगंज महानगरपालिका वडा नं १३ श्रीपुर हुलाकी रोडबाट उनीहरू हतियारसहित पक्राउ परेका हुन् ।

२ नं प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त प्रहरी टोलीले श्रीपुर १३ हुलाकी रोडमा उनीहरूमाथि शंका लागि खानतलासी गरेको थियो ।

खानतलासीका त्रममा उनीहरुको साथबाट गोली नभएको कटुवा पेस्तोल १ थान बरामद भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..