नेकपा एमालेको नयाँ पार्टी कार्यालयमा राखियो ‘रोबोट परी’, पहिलो पाहुना बने प्रधानमन्त्री ओली

काठमाडौं । धुम्बाराहीबाट थापाथलीमा सरेको नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) को नयाँ पार्टी कार्यालयमा आउने पाहुनाहरुलाई रोबोटले स्वागत गर्नेछ । नेपाली वैज्ञानिकहरूको प्रस्तावअनुसार सत्तारूढ दल नेकपा एमालेको नयाँ पार्टी कार्यालयमा पाहुनाका लागि ‘रिसेप्सोनिस्ट’ रोबोटको व्यवस्था गरिएको हो ।

बुधबार पहिलो पाहुनाका रुपमा रोबोटले प्रधानमन्त्रीलाई स्वागत गरेको छ। नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार नेपाली वैज्ञानिकको प्रस्ताव अनुसार कार्यालयमा आउने पाहुनालाई रोबोटद्वारा स्वागत गर्ने सकिनेछ ।

मानिसले सोधेका केही प्रश्नको जवाफसमेत दिन सक्ने ‘परी’ नामको रोबोट बुधबार कार्यालयको गेटमा राखिएको थियो। ‘रोबोट परी’ ले पहिलो पाहुनाका रुपमा प्रधानमन्त्री ओलीका बारेमा ५ मिनेटजित परिचय गराएको थियो। उक्त रोबोट नेपालमै बनेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीमा ३० वर्षे सेवाअवधिको असर : एआईजी भएको २ दिनमै आईजिपी

प्रहरीमा ३० वर्षे सेवाअवधिको असर : एआईजी भएको २ दिनमै आईजिपी

गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एउटा एआईजीले आइजिपी बन्न र ३० बर्षे रोक्न २५ करोडको अफर गरे पछि सिंहको घर जाने मिति नजिकिएको हो..