नेकपा एमालेको अब नयाँ भवनमा पार्टी कार्यालय , प्रधानमन्त्रीद्वारा अवलोकन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) को पार्टी कार्यालय धुम्बाराहीबाट थापाथली हाइटमा सर्ने भएको छ । थापाथली हाइटस्थित उमंगमार्गमा रहेको कार्यालय भवनको नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गरेकाछन् । सँगै अवलोकनमा रहेकी कृषि तथा पशुंपक्षी विकास मन्त्री पद्मा अर्यालले प्रधानमन्त्रीले नयाँ भवन राम्रो रहेको प्रतिक्रिया दिएको बताईन् ।

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोती दुगडले उक्त घर पाँच वर्षको लागि सम्झौता भएको जानकारी दिए। साढे २ तलाको उक्त घरमा १३ कोठा छन्।

बल्खुमा रहेको एमाले पार्टी कार्यालय भूकम्पले भत्किएपछि २०७२ सालमा धुम्बाराही सारिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..