नेकपा एमालेको अब नयाँ भवनमा पार्टी कार्यालय , प्रधानमन्त्रीद्वारा अवलोकन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) को पार्टी कार्यालय धुम्बाराहीबाट थापाथली हाइटमा सर्ने भएको छ । थापाथली हाइटस्थित उमंगमार्गमा रहेको कार्यालय भवनको नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गरेकाछन् । सँगै अवलोकनमा रहेकी कृषि तथा पशुंपक्षी विकास मन्त्री पद्मा अर्यालले प्रधानमन्त्रीले नयाँ भवन राम्रो रहेको प्रतिक्रिया दिएको बताईन् ।

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोती दुगडले उक्त घर पाँच वर्षको लागि सम्झौता भएको जानकारी दिए। साढे २ तलाको उक्त घरमा १३ कोठा छन्।

बल्खुमा रहेको एमाले पार्टी कार्यालय भूकम्पले भत्किएपछि २०७२ सालमा धुम्बाराही सारिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..