प्रधानमन्त्री ओलीसँग भेटका लागि समय माग गरेको छु : सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाटका लागि प्रतिक्षारत रहेको बताएका छन् । सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख सापकोटाले प्रधानमन्त्रीसँग भेट गर्न समय माग गरेको बताएका हुन् । सभामुख सापकोटाले भेटका लागि कानुन मन्त्रीमार्फत् कुरा भएको बताए ।

सापकोटाले सरकारले ल्याएको अध्यादेश टेबुल गर्न नियम निलम्बन गरी अघि बढ्ने विषयमा छलफल चलिरहेको बताए । अधिवेशन सुरु भएको पहिलो दिनमै सरकारले त्यसअघि जारी गरेका अध्यादेशहरु पेश गर्नुपर्ने नियम छ । तर, फागुन २३ गतेको बैठकमा संवैधानिक परिषदसम्बन्धी अधयादेशविरुद्ध माओवादी केन्द्रले बहिस्कार र काँग्रेसले संसद अवरुद्ध गरेपछि अरु अध्यादेशहरु समेत पेश भएको थिएन ।

प्रतिपक्षी दलहरुले भने सरकारले अन्य अध्यादेश पेश गर्ने वातावरण नबनाएको आरोप लगाइरहेका छन् । संसद बैठक जसरी पनि असफल बनाउन सरकार लागि रहेको उनीहरुको आरोप छ ।

सरकारले विजनेश नदिँदा प्रतिनिधि सभा बैठक प्रभावकारी हुन सकेको छ । यसबीचका सबै बैठक सामान्य औपचारिकतामा मात्रै सीमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..