स्थानिय सरकारका जनप्रतिनिधिहरुलाई तिन दिने तालिम

रोहित कुमार मण्डल

लहान । लैङगिताको विषयमा नगर पालिका स्तरिय सप्तरीको खडक नगर पालिका तथा सुरुङ्गा नगर पालिकाका स्थानिय सरकारका जनप्रतिनिधिहरुको तिन दिने तालिम सोमबार लहानको प्यासिफिक होटलमा सम्मपन भएको छ ।


सबल नेपालको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा लैङ्गिक केन्द्रित परियोजना कार्यक्रम अन्र्तगत भएको सो तिन दिने तालिमको सहजिकरण लैङ्गिक केन्द्रित परियोजनाका कार्यक्रम संयोजक हेमन्त कुमार पाराशरले गरेको आयोजक संस्था सबल नेपालका कार्यक्रम सुपरभाइजर असोक कुमार साहले जानकारी दिनुभयो ।

तालिममा खडक नगर पालिकाका १३ जना तथा सुरुङ्गा नगर पालिकाका १३ जना जनप्रतिनिधिहरुको सहभागिता रहेको उनले जानकारी दिए । जसमा ६ जना पुरुष तथा २० जना महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


म्हिला हिंसा, उत्पीडन, लैंगिक समाताको लागि सरकारी एजेन्सीहरुको भूमिका, शिक्षमा लैंगिक असमानता, तथा लिंग र लैंगिकताका बारेमा विशेष छलफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीमा ३० वर्षे सेवाअवधिको असर : एआईजी भएको २ दिनमै आईजिपी

प्रहरीमा ३० वर्षे सेवाअवधिको असर : एआईजी भएको २ दिनमै आईजिपी

गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एउटा एआईजीले आइजिपी बन्न र ३० बर्षे रोक्न २५ करोडको अफर गरे पछि सिंहको घर जाने मिति नजिकिएको हो..