बेरुजु फछ्र्यौटमा गृहसचिव न्यौपानेसहित ३ सहसचिव र २ महानिरीक्षक पुरस्कृत

काठमाडौं । गृह मन्त्रालयले गृहसचिव महेश्वर न्यौपाने सहित तीन सहसचिव तथा सशस्त्र र नेपाल प्रहरी महानिरीक्षकलाई बेरुजु फछ्र्यौटमा उल्लेखनिय भुमिका निभाएको भन्दै पुरस्कृत गरेको छ ।

यसरी पुरस्कार पाउनेमा गृहसचिव न्यौपाने, सहसचिवत्रय जनकराज दाहाल, द्रोण पोखरेल र श्रवणकुमार तिमिल्सेनासहित सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री छन् । गृह मन्त्री रामबहादुर थापा बादलले आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनीहरुलाई पुरस्कृत गरेका हुन् ।


तत्कालिन नुवाकोटका प्रमुुख जिल्ला अधिकारी द्रोण पोखरेलले आफ्नो कार्यकालमा सबैभन्दा धेरै ९९ दशमलव ९८ प्रतिशत बेरुजु फछ्र्यौट गरेका थिए । मन्त्रालयका अनुसार उनले जम्मा ४५ करोड ६१ लाख रुपैयाँ फछ्र्यौट गरेका हुन् । यस्तै दोस्रोमा सहसचिव जनकराज दाहाल ९४ दशमलव ४९ प्रतिशत र तेस्रोमा नेपाल प्रहरीले ९१ प्रतिशत बेरुजु फछर्यौट गरेका छन् ।


मन्त्रालय र मातहतकाे जम्मा बेरूजु २ अर्ब १६ कराेड रहेकाेमा २०७७ असार मसान्तसम्ममा १ अर्ब ६६ कराेड फछ्याैट भएकाे हाे । जसमा रकमका हिसाबले सबैभन्दा धेरै नेपाल प्रहरीले ८० कराेड ५९ लाख रूपैयाँ भन्दा बढि रकम फछ्याैट गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..