बेरुजु फछ्र्यौटमा गृहसचिव न्यौपानेसहित ३ सहसचिव र २ महानिरीक्षक पुरस्कृत

काठमाडौं । गृह मन्त्रालयले गृहसचिव महेश्वर न्यौपाने सहित तीन सहसचिव तथा सशस्त्र र नेपाल प्रहरी महानिरीक्षकलाई बेरुजु फछ्र्यौटमा उल्लेखनिय भुमिका निभाएको भन्दै पुरस्कृत गरेको छ ।

यसरी पुरस्कार पाउनेमा गृहसचिव न्यौपाने, सहसचिवत्रय जनकराज दाहाल, द्रोण पोखरेल र श्रवणकुमार तिमिल्सेनासहित सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री छन् । गृह मन्त्री रामबहादुर थापा बादलले आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनीहरुलाई पुरस्कृत गरेका हुन् ।


तत्कालिन नुवाकोटका प्रमुुख जिल्ला अधिकारी द्रोण पोखरेलले आफ्नो कार्यकालमा सबैभन्दा धेरै ९९ दशमलव ९८ प्रतिशत बेरुजु फछ्र्यौट गरेका थिए । मन्त्रालयका अनुसार उनले जम्मा ४५ करोड ६१ लाख रुपैयाँ फछ्र्यौट गरेका हुन् । यस्तै दोस्रोमा सहसचिव जनकराज दाहाल ९४ दशमलव ४९ प्रतिशत र तेस्रोमा नेपाल प्रहरीले ९१ प्रतिशत बेरुजु फछर्यौट गरेका छन् ।


मन्त्रालय र मातहतकाे जम्मा बेरूजु २ अर्ब १६ कराेड रहेकाेमा २०७७ असार मसान्तसम्ममा १ अर्ब ६६ कराेड फछ्याैट भएकाे हाे । जसमा रकमका हिसाबले सबैभन्दा धेरै नेपाल प्रहरीले ८० कराेड ५९ लाख रूपैयाँ भन्दा बढि रकम फछ्याैट गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..