पूर्वमन्त्री जोशी परिवारले अस्वीकार गर्‍याे ओसरकारी सहयोग

काठमाडौं । मष्तिस्काघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई सरकारले दिने भनेको १० लाख रुपैयाँ सहयोग उनको परिवारले नलिने भएको छ।


गत बिहीबार मन्त्रिपरिषद्बाट निर्णय गरेर सरकारले जोशीको उपचारका लागि सहयोग गर्ने घोषणा गरेको थियो।परिवारले भने सहयोग नलिने भन्दै त्यो पैसाले विपन्न वर्गलाई स्वास्थ्य उपचार गर्न आग्रह गरेको उनका सहयोगी पुष्कर पाण्डेले बताए।


‘सरकारको अफरलाई हामी धन्यवाद दिन चाहन्छौं, उहाँको परिवारले त्यो सहयोग अस्वीकार गर्ने निर्णय गरेको कुरा जानकारी गराउन चाहन्छौँ,’ पाण्डेले भनेका छन्, ‘सरकारले दिने भनेको सहयोग विपन्न वर्गको उपचारमा लगाओस र विपन्न वर्गले उपचार अभावमा मृत्यु हुने अवस्थाको अन्त्य होस् भन्ने परिवारको चाहना हो।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..