दुई लाख घुस लिने फार्मेसी अधिकृत सुवेदीबिरुद्ध मुद्दा दायर

काठमाडौं । सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिंदालिंदै पक्राउ परेका औषधी व्यवस्था विभाग, शाखा कार्यालय, बिराटनगरमा कार्यरत फार्मेसी अधिकृत सरोज सुवेदी बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई गएको फागुन १३ मा २ लाख घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । सेवाग्राहीबिरुद्धको मुद्दाको सिलसिलामा जिल्ला सरकारी वकिल कार्यालय तेह्रथुमबाट माग भएको राय पठाइदिने र सेवाग्राहीको सिलबन्दी भएको फार्मेसी खोली दिई मुद्दा मिलाई दिने भनी अधिकृत सुवेदीले घुस लिएका थिए ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा सुवेदीलाई २ लाख बिगो माग गर्दै आइतबार बिशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ 

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ 

सिरहा । सिरहा प्रहरीले जेएनजी आन्दोलनको क्रममा विभिन्न कारागारबाट फरार भएका तीन जना कैदि बन्दीहरुलाई भारतीय सीमाक्षेत्रबाट नियन्त्रणमा लिएको छ । जेएनजीको आन्दोलनको क्रममा कारागार..