दुई लाख घुस लिने फार्मेसी अधिकृत सुवेदीबिरुद्ध मुद्दा दायर

काठमाडौं । सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिंदालिंदै पक्राउ परेका औषधी व्यवस्था विभाग, शाखा कार्यालय, बिराटनगरमा कार्यरत फार्मेसी अधिकृत सरोज सुवेदी बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई गएको फागुन १३ मा २ लाख घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । सेवाग्राहीबिरुद्धको मुद्दाको सिलसिलामा जिल्ला सरकारी वकिल कार्यालय तेह्रथुमबाट माग भएको राय पठाइदिने र सेवाग्राहीको सिलबन्दी भएको फार्मेसी खोली दिई मुद्दा मिलाई दिने भनी अधिकृत सुवेदीले घुस लिएका थिए ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा सुवेदीलाई २ लाख बिगो माग गर्दै आइतबार बिशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..