भिमानमा नेपालको पहिलो रकेट प्रक्षेपण

धनुषा । नेपाली विद्यार्थीहरुले बनाएको गुरुडाु रकेट धनुषा जिल्लाको भिमानमा करिब १ सय ५० मिटर अपलिफ्ट भएर खसेको छ । लन्च प्याड, हावाको बहाव र मोटरममा फ्युल बर्न राम्रोसँग नुहँदा प्रक्षेपण सफल हुन नसकेको गरुडाका मुख्य निर्माणकर्ता मोहन तामाङले बताए । ‘लन्च प्याड अलिक धेरै दह्रो भएर हाम्रो रकेटलाई बढी फ्रिक्सन भयो,’ तामाङले भने, ‘मोटरमा फ्युल बर्न पनि राम्रोसँग हुन पाएन जसका कारण रकेट जुन गतिमा जानुपर्थ्यो जान सकेन । हावाका कारणले फर्कियो ।’

इन्धन राम्रोसँग नबल्दा रकेट थोरै गतिमा मात्रै उडेको तामाङले बताए । १० मिटर उचाइको गरुडामा ‘पोटासियम नाइट्रेट र सुगर’ इन्धनको रुपमा प्रयोग गरिएको थियो । यो रकेटमा सोलिड प्रोपलेन्ट फ्युल प्रयोग भएको छ ।

अबको एक महिनापछि दोस्रो परीक्षण गर्ने तामाङले जानकारी दिए । ‘हामीले हरेस खाएका छैनौं र हरेश खाएर पनि हुँदैन,’ उनले भने, ‘अबको एक महिनाभित्र अहिलेका समस्याहरुलाई समाधान गरेर लन्च गर्नेछौं ।’

प्रधान सेनापति पूर्णचन्द्र थापाले गरुडा प्रोजेक्टलाई सेनाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको तामाङले बताए । सेनापति थापाले गरुडा प्रोजेक्ट आंशिक रुपमा सफल भएको र यसलाई नराम्रो नसोच्‍न आग्रह गर्दै हौसला प्रदान गरेका थिए । राष्ट्रिय आविष्कारक केन्द्रका प्रमुख महाविर पुनले इनोभेसन सेन्टरको तर्फबाट अझ सहयोग हुने बताएका छन् ।

एक्सपेरिमेन्टल साउन्डिङ रकेट एसोसिएसन (ईएसआरए) र स्पेसपोर्ट अमेरिकाको संयुक्त आयोजनामा हुन स्पेसपोर्ट अमेरिका कप–२०२१ मा सहभागिता जनाउनका लागि गरुडा तयार पारिएको हो । ७.४२ फिट उचाइ रहेको गरुडाको व्यास ६ इन्चको छ ।

यसैबीच, नियर एरो स्पेस नेपालले तयार गरेको आरम्भ १ रकेटको पनि प्रक्षेपण असफल भएको छ । नेपाल स्पेस ड्रिम परियोजनाअन्तर्गत निर्माण गरिएको ५.५,५.६ र ५.७ फिट उचाइ भएको ३ वटा एम्याचुअर रकेट प्रक्षेपण पनि असफल भएको हो । यी रकेटहरुको मोटर टेस्ट सफल भएपनि लिफ्ट अफ नभएर खसेको भएको निर्माणकर्ता शिशिर जिसीले जानकारी दिए । आरम्भ १को ५० मिटर अपलिफ्ट भएर तल खसेको थियो । एप्रिल १६मा चाही आरम्भ २ को ९.५ इन्च उचाइ भएको प्रक्षेपण ।

यस्तै, भिमान मै परीक्षण गरिएको पाकुरा संस्थाले निर्माण गरेको ६० किलोमिटरसम्म उड्न सक्‍ने भनिएको ‘गौथली’ नाम गरेको औषधि बोक्ने ड्रोनको परीक्षण उडान पनि असफल भएको छ । उक्त ड्रोन एक किलोमिटर माथि पुगेर खसेको जिसीले जानकारी दिए ।

प्रक्षेपणमा सहभागी हुनका लागि नेपाल सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापा, पूर्व सेनापति रुकमाङ्गद कट्‌वाल,राष्ट्रिय आविष्कारक केन्द्रका प्रमुख महाविर पुन लगायत धनुषास्थित नेपाली सेनाको ब्यारेक नजिकैको प्रक्षेपणस्थल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..