माफी नमागे नेपाल समूहमाथि तत्काल कारबाही गरिने : प्रधानमन्त्री ओली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र गुटबन्दी गर्नेहरु कारवाहीको भागिदार भएको दाबी गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेकाे संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले पार्टीको नाम गरेर राष्ट्रिय कार्यकर्ता भेला गर्नेहरुले माफी नमागे कारवाही गर्ने चेतावनी दिएका हुन्।

‘उहाँहरु पार्टीको निर्णयभन्दा बाहिर गएर गुटबन्दीमा लाग्नुभयो। पार्टीकै नामबाट कार्यकर्ता भेला गर्दै हिँड्नुभएको छ। उहाँहरुले माफी नमागे कारवाहीको कुनै विकल्प छैन’ उनले भने।

उनले पार्टीभित्रको गुटबन्दीलाई स्वीकार नगर्ने बताए। उनले भने, ‘मलाई राजीनामा माग गरिराख्नुभएको छ। क्षमता हुनेले अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौती दिन्छु। तर, उहाँहरु कसैले भ्याउनुहुन्न।’

उनले पार्टीभित्रको विवादको क्रममा पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालहरुले सक्ने भए पार्टीबाटै मात्रै नभएर नागरिकतासमेत खोस्ने दाबी गरे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..