नेकपा एमाले संसदीय दलको बैठकमा उपाध्यक्ष गौतम सहभागी,नेपाल समूह अनुपस्थित

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) को संसदीय दलको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो।

बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएको राष्ट्रिय सभामा एमालेका मुख्य सचेतक खिमलाल भट्टराईले जानकारी दिनुभयो । यसअघि चैत ५ मा पनि प्रधानमन्त्री ओलीले बालुवाटारमै संसदीय दलको बैठक बोलाएका थिए। त्यो बैठकमा उपाध्यक्ष गौतम सहभागी भएका थिएनन्। 

उक्त बैठकमा नेपाल–खनाल समूहले बहिष्कार गरेको थियो। सूर्य चिह्न लिएर चुनाव लडेका सबै सांसदलाई बोलाइएको भए पनि ओली इतरको समूह सहभागी भएको छैन। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..