नेकपा एमाले संसदीय दलको बैठकमा उपाध्यक्ष गौतम सहभागी,नेपाल समूह अनुपस्थित

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) को संसदीय दलको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो।

बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएको राष्ट्रिय सभामा एमालेका मुख्य सचेतक खिमलाल भट्टराईले जानकारी दिनुभयो । यसअघि चैत ५ मा पनि प्रधानमन्त्री ओलीले बालुवाटारमै संसदीय दलको बैठक बोलाएका थिए। त्यो बैठकमा उपाध्यक्ष गौतम सहभागी भएका थिएनन्। 

उक्त बैठकमा नेपाल–खनाल समूहले बहिष्कार गरेको थियो। सूर्य चिह्न लिएर चुनाव लडेका सबै सांसदलाई बोलाइएको भए पनि ओली इतरको समूह सहभागी भएको छैन। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ 

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ 

सिरहा । सिरहा प्रहरीले जेएनजी आन्दोलनको क्रममा विभिन्न कारागारबाट फरार भएका तीन जना कैदि बन्दीहरुलाई भारतीय सीमाक्षेत्रबाट नियन्त्रणमा लिएको छ । जेएनजीको आन्दोलनको क्रममा कारागार..