प्रम ओलीद्वारा महान्यायाधिवक्तामा बडाललाई सिफारिस

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का अध्यक्ष केपी शर्मा ओलीले केही घन्टाअघि राजीनामा दिनुभएका महान्यायाधिवक्ता अग्नि खरेलको ठाउँमा अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्तिका लागि सिफारिस गर्नुभएको छ ।


प्रधानमन्त्रीका सिफारिससँगै अब राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्नुहुनेछ । यसअघि बडालले प्रतिनिधि सभा विघटन मुद्दामा प्रधानमन्त्री ओलीको तर्फबाट बहस गर्नुभएको थियो ।

केही घन्टाअघि राजीनामा दिनुभएका महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधि सभा विघटन मुद्दामा खरेलको बहस फितलो भएको भन्दै सरकार पक्ष असन्तुष्ट रहँदै आएको थियो।

त्यसो त प्रधानमन्त्रीका प्रियका रुपमा परिचित बडाल भने निर्वाचन आयोगमा प्रधानमन्त्री ओलीको प्रतिनिधिका रूपमा जाने गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

लहान । मधेस प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमाप्रसाद चतुर्वेदीले राष्ट्र र नागरिकलाई सर्वोपरि राखी उच्च व्यावसायिक निष्ठाका साथ कर्तव्य निर्वाह गर्न..