प्रधानमन्त्री ओलीको व्यक्तिबाद र बिचलनले धेरै विगारेको पूर्वप्रधानमन्त्री नेपालको आरोप

काठमाडौ । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले केपी ओलीको व्यक्तिबाद र बिचलनले धेरै बिगारेको भन्दै अहिलेको लडाई बिचारकै भएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा अखिल नेपााल महिला संघको राष्ट्रिय कार्यकता भेलामा नेता नेपालले ओली सिद्धान्तनिष्ट र आदर्शप्रति समर्पित हुन नसकेकाले आफुहरु बिचारको लडाई लड्न बाध्य भएको बताउनुभयो ।


उहाँले अहिले क्रान्तिकारी पार्टी वा व्यक्तिवादी पार्टी बनाउने लडाई भएको भन्दै पद वा जुँगाको लडाइ नभएको पनि बताउनुभयो । वरिष्ठ नेता नेपालले ओलीको घमण्डकै कारण देश र पार्टी बिग्रेको आरोप लगाउनुभयो ।


उहाँले समाजको परिवर्तन नै आफूहरुको मुल लक्ष्य भएको तर्क गर्नुभयो । ओलीले ठीक ढंगले पार्टी नचलाएकोले आफुहरुले विरोध गरेको उहाँको भनाइ छ । त्यस्तै उहाँले आफूहरुप्रति ओलीले हामी कहाँ छौ भनेर व्यङ्ग गरेको भन्दै छिटै आफुहरु बालुवाटारमा हुने धारणा पनि राख्नुभयो ।


वरिष्ठ नेता नेपालल अव नेकपा एमालेलाई जनताप्रति समर्पित गर्दै शसक्त ढंगले समाजवादको बाटोमा अघि बढाउने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..