लागु औषध दूव्यसनी तथा बिपत व्यावस्थापन सम्बन्धी जनचेतना कार्यक्रम सुरु

लहान । सशस्त्र प्रहरी बल लहानले विभिन्न स्कुल तथा कलेजहरुमा जनचेतना कार्यक्रम सुरु गरेको छ ।लागुऔषध दूव्यसनी तथा बिपत व्यावस्थापन सम्बन्धी जनचेतना कार्यक्रम सुरु गरेको हो । लागु औषधको दुव्यसनीले समाजमा पार्ने नकारात्मक असरहरु तथा बिपद व्यवस्थापनमा सशस्त्र प्रहरीको भुमिका र नागरिकले कसरी सहयोग गर्न सक्छन् भन्ने जस्ता बिषयमा प्रहरीले जनचेतना अभियान सुरु गरेको सशस्त्र प्रहरी वल लाहानका प्रमुख प्रहरी नायव उपरिक्षक बिनोद थापाले जानकारी दिए ।

स्कुल तथा कलेज पढने बिद्यार्थी लागुऔषध दूव्यसनीमा फस्न नदिन तथा समाज सुधारमा महत्वपूर्ण निर्वाह गर्ने उदेश्य स्वरुप प्रहरीले लाहानका स्कुल तथा कलेजहरु बाट अभियान सुरु गरेको छ ।

सशस्त्र प्रहरी वल लाहानका प्रमुख प्रहरी नायव उपरिक्षक  बिनोद थापाले एलएमसि कलेज लहान तह पढने कक्षा ११ का जम्मा १  सय ४० जना बिद्यार्थीहरुको लागि लागु औषध दूव्यसनी तथा बिपत व्यवस्थापन आगलागी भुकम्प सम्बन्धी जनचेतना मूलक प्रस्तुति राखेका थिए ।

युवा तथा बिद्यार्थीहरु नै लागु औषधमा फस्न सक्ने र बिद्यार्थीहरुले नै यसको नियन्त्रण तथा जनचेतना सन्देशहरु प्रवाह गर्न मदत गर्न सक्ने भएकाले स्कुल तथा कलेज हरु मा जनचेतना मुलक  कार्यक्रम सुरु गरिएको प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिए । लागुऔषधको प्रयोगबाट युवा पिडिमा पर्ने असरहरुले समाज मा पार्ने नकरात्क घटनाहरु तथा बिभिन्न कानुनि अबस्था बारेमा जानकारी गराइएको थियो ।

बिद्यार्थीहरु लाई लागू औषध भनेको के हो, लागू पदार्थ सेवन गर्दा का बेफाईदाहरु, समाज मा कस्ता असर पार्छ र कसरी निबारण गर्न सकिन्छ भन्ने जानकारी दिएका थिए ।

नेपालमा खासगरी युवा पुस्तामा यसको प्रयोग बढी मात्रामा हुने गरेको देखिन्छ । प्रहरी उनायव उपरिक्षक थापाले बिद्यार्थीहरुलाई लागु औषधको प्रभावले मानब शरीरको केन्द्रीय स्नायु प्रणालीमा असर पार्ने जानकारी गराउँदै प्रयोगको मात्रा बढ्दै गएपछि मानिसको मृत्यु गराउने सम्म पुग्ने भएकाले सचेत रहन आग्रह गरेका थिए ।

सामाजिक संस्कार बिगार्ने,अपराध बढ्ने,दक्ष जनशक्ति कुलतमा फस्ने,अर्थ व्यवस्थालाई ध्वस्त बनाउने, जस्ता समस्याहरु लागुऔषध द्वरा सृजित जटिल सामाजिक समस्या आइपर्ने जस्ता जटिलताहरु बताएका थिए । लागुऔषधको यस्तो बढ्दो प्रयोग र समाजमा यसले पार्ने नकारात्मक प्रभाबका कारण यसलाई सामाजिक अपराधका रुपमा लिईएको बारेमा बिद्यार्थीहरुलाई जानकारी गराइएको थियो । 

जनचेतना मुलक कार्यक्रममा बिपत व्यावस्थापन सम्बन्धी सशस्त्र प्रहरीले गरेका बिभिन्न उद्धार तथा सकरात्मक कामहरु बारेमा पनि जानकारी गराइएको थियो । कार्यक्रममा एलएमसि कलेज  लहान का प्रधानअध्यापक मनोज कर्ण सहायक प्रधानअध्यापक महेश कुशवाह  कलेज का शिक्षक हरु बिजय यादव  , बिरेन्द्र यादव  शिव कुमार राई अमन यादव  समेत  अन्य शिक्षक को पनि उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..