बरियारपट्टी गाउँपालिकाको स्वास्थ्य चौकीमा आज देखी ल्याब सेवा सुरु

भगवानपुर । सिरहाको बरियारपट्टी गाउँपालिका स्थितमा रहेको स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु भएको छ । वरियारपट्टी गाउँपालिका – ३ स्थित स्वास्थ्य चौकीमा आज ल्याब सेवा सुरु भएको हो । 

गाउँपालिकाले आन्तरिक स्रोतबाट कर्मचारी ब्यबस्थापन गरेर सेवा सुरु गरेको हो । हरेक दिन बिहान १० बजेदेखि साझँ ५ बजेसम्म ल्याव सेवा दिईने गाउँपालिका अध्यक्ष संतोष कुमार महतोले जानकारी दिए । ल्याबमा खकार र गर्भवतीलाई एच आई भि जाँच निशुल्क हुने उनले जानकारी दिए । स्वास्थ्य चौकीमै ल्याब सेवा सुरु भएपछि रगत, दिसा, पिसाब र खकारको जाँचको लागि बिरामीलाई लहान सिरहा पुग्नुपर्ने बाध्यता हटेको उनले जानकारी दिए ।‘ निशुल्क खकार जाँच गर्नलाई ५ सय देखि हजार रुपैयाँ सम्म खर्च गरेर अर्को ठाउँ  जानुपथ्र्यो’ उनले भने ‘सुगर टेस्ट, युरिन टेस्ट लगायत विभिन्न टेस्टको शुल्क भन्दा बढि आवातजावातमा खर्च हुन्थ्यो । अब यहाँका बासीन्दाको पैसा बचेको छ ।’

स्वास्थ्य शाखा प्रमुख रामजुलुम मंडलले भने   लक्ष्यणका आधारमा उपचार गर्नुपर्ने बाध्यता पनि हटेको बताए । ‘बिरामीको लक्ष्यणका आधारमा औषधि दिनुपथ्र्यो’ उनले भने ‘अब ल्याब बाट रोग किटान गरेर मात्र उपचार हुन्छ।  स्वास्थ्य चौकीको विश्वसनियता र प्रभावकारीता पनि बढेने छ ।’ स्वास्थ्य चौकीमा बरियारपट्टी,हरिपुर,सिबनगर,जानकिनगर,नबटोलि,सिरिपुर र भारत लदनियाका बासीन्दाले सेवा लिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको आन्तरिक शुद्धिकरण मेरो प्राथमिकता : नवनियुक्त आईजीपी कुँवर

प्रहरीको आन्तरिक शुद्धिकरण मेरो प्राथमिकता : नवनियुक्त आईजीपी कुँवर

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको त्यो अडान जस्को कारण आज कुँवर आइजिपी बने काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक शुद्धिकरण आफ्नो प्राथमिकता..