लागूऔषधसहित दुई जना सशस्त्र प्रहरीको नियन्त्रणमा

सुनसरी । सुनसरी जिल्लाको ईनरुवा नगरपालिका ४ स्थित बसचोकबाट चैत्र ४ गते एपीएफ टोलीले २८ सय वटा ट्रमापोल हाईड्रोक्लोराईड क्याप्सुलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको धरान उपमहानगरपालिका ८ बस्ने २९ वर्षिय अजय श्रेष्ठ र ३० वर्षिय निपेन श्रेष्ठ छन् ।


को ५ प ७६४७ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण सुनसरीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरको साथमा उल्लेखित परिमाणको लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।


त्यसवेला एपीएफ टोलीले उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।
पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..