भारतमा एकैदिन चालीस हजार कोरोना संक्रमित थपिए

नयाँदिल्ली । भारतमा कोरोना भाइरस ( कोभिड – 19 ) बाट संक्रमित हुनेको सङ्ख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करिब ४० हजार जना संक्रमित भएका छन् । गत बुधबार एक दिनमा ३६ हजार जना संक्रमित भएका थिए भने बिहीबार ३९ हजार ७२६ पुगेको छ । गत २४ घण्टाको कोरोना संक्रमितको यो सङ्ख्या यस वर्ष शुरु भएयताको नै सबभन्दा बढी हो ।



भारतमा अहिलेसम्म कुल संक्रमितको सङ्ख्या एक करोड १५ लाख १४ हजार ३३१ पुगेको सो मन्त्रालयले जनाइएको छ । कुल संक्रमितमध्ये दुई लाख ७१ हजार २८२ जना अहिले पनि संक्रमित अवस्थामै  छन् भने कुल एक करोड १० लाख ८३ हजार ६७९ जना संक्रमणमुक्त भएका छन् ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट १५४ जनाको मृत्यु भएपछि यहाँ कोरोना संक्रमणको कारण मृतकको सङ्ख्या एक लाख ५९ हजार ३७० पुगेको शुक्रबार जनाइएको छ । भारतमा जनवरीबाट कोरोनाविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म करिब तीन करोड ८० लाखले खोप लगाइसकेका छन् ।



त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ । परिषद्का अनुसार मङ्गलबारसम्म भारतमा २३ करोडभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..