खैरो हेरोईन सहित एक बालक पर्सा प्रहरीको फन्दामा

कृष्णा यादव / जिल्ला प्रहरी कार्यालय पर्साले खैरो हेरोइन (ब्राउन सुगर) एक १७ वर्षीय बालक पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सावाट खटेको लागूऔषध नियन्त्रण ब्युरो वीरगञ्जको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पावर हाउस चोक नजि कैबाट ब्राउन सुगरसहित बालकलाई पक्राउ गरेको हो ।

बालकको साथबाट प्रहरीले ६ वटा सेतो प्लाष्टिकको पोका भित्र लुकाईछिपाई राखिएको ३० ग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

बालकलाई नियन्त्रणमा लिएर पर्सा जिल्ला अदालतबाट ५ दिने म्याद थप गराई अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक अोमप्रकाश खनालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..