नेपाल वायुसेवा निगम टाट पल्टने अवस्थामा,ऋणको किस्ता समेत तिर्न सकेन

काठमाडौं। नेपाल वायुसेवा निगम टाट पल्टने अवस्थामा पुगेको छ। एकातर्फ कोरना कहर भनेर भनिरहे पनि यथार्थमा समस्या यो मात्रै नभएर निगम भित्रको भ्रष्टाचार र आवश्यक भन्दा बढी कर्मचारीको संख्या जस्ता कारणहरू पनि निगम टाट पल्टने कारणहरू हुन ।

निगम वित्तीय संकटमा फसेपछि जहाज किन्न ऋण दिएका कर्मचारी संचय कोष र नागरिक लगानी कोष वित्तीय संकटमा परेका छन्। दुबै संस्थाबाट लिएको ऋणको एक पैसा पनि ब्याज तिरेको छैन। निगमले अझै केही वर्ष लिएको ऋण तिर्नसक्ने अवस्था देखिदैन। निगम टाट पल्टने अवस्थामा फसेपछि संचयकर्ताको लगानी समेत जोखिममा पर्ने देखिएको छ।

नियमित किस्ता तिर्न छाडेपछि दुबै कोषले पैसा उठाउन अर्थमन्त्रालयसँग हारगुहार गरेका छन्। चार वटा ठूला जहाज किन्न निगमले ३४ अर्ब ऋण लिएको थियो। एक वर्षदेखि किस्ता नतिरेपछि निगमको ऋण पाँच अर्ब थपिएर ३९ अर्ब रुपैयाँ पुगेको छ। संचयकोषबाट २२ अर्ब रुपैयाँ ऋण लिएको निगमले २०७६ पुसदेखि किस्ता तिर्न छाडेको र तीन अर्ब रुपैयाँ साँवामा गाभिएको छ।

कोभिड–१९का कारण वित्तिय अवस्था नै संकटमा रहेको कारण देखाउँदै किस्ता नियमित रुपमा नतिरेपछि कर्मचारी सञ्चयकोषले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ। कोषका प्रमुख प्रशासक तुलसीप्रसाद गौतमले एक वर्षदेखि किस्ता नतिरेको बताउँदै निगमको ऋण २५ अर्ब पुगिसकेको जानकारी दिए। निगमले आफ्नो हैसियतले ऋण तिर्न सक्ने देखिएको छैन। सरकारले सहयोग गरेन भने निगमले ऋण तिर्नसक्ने अवस्था छैन्।

कर्मचारीको संख्या घटेको छैन। संचालन खर्च बढिरहेको छ । ग्राउण्ड ह्यान्डलिङको आम्दानी पनि घटेको छ। निगमले कोषबाट लिएको ऋणको किस्ता मात्रै ४० करोड रुपैयाँ बुझाउनुपर्छ। नागरिक लगानी कोषले समेत जहाज खरीदका लागि लिएको ऋणको किस्ता बुझाउन छाडेको जनाएको छ।

कोषले किस्ता बुझाउन छाडेपछि ब्याज पुँजीकरण गरेर १३ अर्ब ८२ करोड रुपैयाँ ऋण भइसकेको छ । निगमले पछिल्लो पटक २०७६ माघमा ४५ करोड रुपैयाँ तिरेको थियो। माघ पछि भने निगमले ब्याज तिर्न छाडेको छ। किस्ता तिर्न नसकिएको निगमका प्रवन्ध निर्देशक डिमप्रसाद पौडेलले स्वीकारे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..