सेवाग्राहीलाई समस्या मिलाईदिन्छु भनि प्रलोभनमा पारेको अभियोगमा पक्राउ

काठमाडौं । प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई समस्या मिलाईदिन्छु भनि प्रलोभनमा पारेको अभियोगमा काठमाडौं गौशला बस्ने झापा, झापा गाउँपालिका-४ घर भएका २६ वर्षीय तार्जन कुमार गणेशलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१३ स्थित महानगरीय प्रहरी वृत्त कालिमाटीको कार्यालय तथा आसपासमा सेवाग्राहीको रुपमा आउने सर्वसाधारण नागरिकलाई विगत केही दिनदेखि तपाईको समस्या मिलाईदिन्छु भनि प्रलोभन दिने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले निग्रानी गर्ने क्रममा सुन चोरीसँग सम्बन्धित घटनाका पीडित काभ्रे नमोबुद्ध नगरपालिका-८ घर भएका एक पुरुषलाई यो मुद्धा म मिलाई दिन सक्ने भन्दै प्रलोभनमा पारिरहेको अवस्थामा फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..