सेवाग्राहीलाई समस्या मिलाईदिन्छु भनि प्रलोभनमा पारेको अभियोगमा पक्राउ

काठमाडौं । प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई समस्या मिलाईदिन्छु भनि प्रलोभनमा पारेको अभियोगमा काठमाडौं गौशला बस्ने झापा, झापा गाउँपालिका-४ घर भएका २६ वर्षीय तार्जन कुमार गणेशलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१३ स्थित महानगरीय प्रहरी वृत्त कालिमाटीको कार्यालय तथा आसपासमा सेवाग्राहीको रुपमा आउने सर्वसाधारण नागरिकलाई विगत केही दिनदेखि तपाईको समस्या मिलाईदिन्छु भनि प्रलोभन दिने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले निग्रानी गर्ने क्रममा सुन चोरीसँग सम्बन्धित घटनाका पीडित काभ्रे नमोबुद्ध नगरपालिका-८ घर भएका एक पुरुषलाई यो मुद्धा म मिलाई दिन सक्ने भन्दै प्रलोभनमा पारिरहेको अवस्थामा फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..