पूर्वमन्त्री जोशीको स्वास्थ्य अवस्था बुझ्न उपप्रधानमन्त्री पोखरेल अस्पतालमा,सरकारले दस लाख सहयोग गर्ने

काठमाडौँ । नेपाली कांग्रेस बरिस्ठ नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था बुझ्न उपप्रधानमन्त्री अस्पतालमा पुगेका छन् । कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारमा सरकारले रु. १० लाख सहयोग गर्ने भएको छ ।

नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचारारत जोशीको स्वास्थ्य अवस्था बुझ्दै परिवारका सदस्यहरुलाई यस्तो जानकारी दिएका छन् ।

उपप्रधानमन्त्री पोखरेलले बिहान साढे ९ बजे नर्भिक अस्पतालमा आएर कांग्रेस नेता जोशीको पछिल्लो स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका थिए । सोही क्रममा उनले जोशीको शीघ्र स्वास्थ्यलाभको समेत कामना गरेका छन् ।

उपप्रम पोखरेललाई नर्भिक अस्पतालका चिकित्सकहरुले जोशीको पछिल्लो स्वास्थ्य अवस्थाको विषयमा जानकारी गराएका थिए ।

उपप्रम पोखरेल १५ मिनेटजति अस्पताल बसेर फर्किएका थिए । गत फागुन १४ गते मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएका नेता जोशीको भेन्टिलेटरमा राखेर उपचार जारी छ ।

उपचार सुरु भएको केही दिनपछि उनको अवस्थामा सुधार देखिएसँगै भेन्टिलेटरबाट बाहिर निकालिएको थियो । तर, त्यसको केही दिनपछि स्वास्थ्य अवस्था पुनः बिग्रिएपछि पुनः भेन्टिलेटरमै राखेर उपचार भइरहेको छ ।

जोशीको अहिलेको अवस्था गम्भीर रहेको र उनी कोमामा रहेका उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा.राजीव झाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको आन्तरिक शुद्धिकरण मेरो प्राथमिकता : नवनियुक्त आईजीपी कुँवर

प्रहरीको आन्तरिक शुद्धिकरण मेरो प्राथमिकता : नवनियुक्त आईजीपी कुँवर

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको त्यो अडान जस्को कारण आज कुँवर आइजिपी बने काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक शुद्धिकरण आफ्नो प्राथमिकता..