राजनीतिलाई नयाँ मोड दिने निर्णय लिनअध्यक्ष प्रचण्ड पूर्वतिरको शान्त ठाउँ सिन्धुलीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कुनै निर्णय लिनका लागि शान्त ठाउँमा पुग्ने गर्छन् । उनी विशेषगरी पूर्वतिरको शान्त ठाउँमा पुगेर महत्वपूर्ण निर्णय लिने तयारी गर्छन् । देशको राजनीतिलाई नयाँ मोड दिने निर्णयका लागि उनी एकान्तवास खोज्ने गर्छन् ।

यसपटक प्रचण्ड सिन्धुलीतिर पुगेका छन् । उनी सिन्धुलीस्थित हरिबोल गजुरेलको गाउँ पुगेका छन् । त्यहाँ उनी रिफ्रेश हुन पुगेका हुन् । यसपटक अध्यक्ष प्रचण्डले एकान्तमा गम्भीर चिन्तन गरेर निर्णयको तयारी गर्न लागेका हुन् ।

सत्ता समिकरणको गृहकार्य चलिरहँदा अध्यक्ष प्रचण्ड शहरको कोलाहालबाट टाढा शान्त ठाउँमा पुग्नुलाई अर्थपूर्ण मानिएको छ । उनले यसपटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन कठोर निर्णय लिन लागेको बुझिएको छ ।

प्रचण्डले ओलीको बर्हिगमनका लागि नेपाली काँग्रेस या जनता समाजवादी पार्टी ( जसपा ) नेपालबाट निर्णय भई आउने नेतालाई सघाउने वचन दिइसकेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..