नेकपा एमालेको माधव नेपाल पक्षसँग पार्टी एकता हुनसक्छ : अध्यक्ष प्रचण्ड

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) को माधब नेपाल पक्षसँग पार्टी एकता हुनसक्ने बताएका छन । बिहीबार सिन्धुलीमा अगुवा कार्यकर्तासँगको भेलामा उनले कम्युनिष्ट पार्टीको एकताको नीति अनुसार नेपाल समूहसँग एकता हुनसक्ने बताएका हुन ।

अध्यक्ष प्रचण्डले बृहत्तर कम्युनिष्ट एकता अझै आवश्यकता भएको भन्दै एमाले माओवादी केन्द्र र अरु कम्युनिष्ट पार्टीहरुबीच एकता हुनुपर्छ भन्ने मिसनबाट पछि नहट्ने बताए ।


अध्यक्ष प्रचण्डले नयाँ सरकार गठनका लागि दलहरुबिच छलफल चलिरहेकाले अहिले नै कसको नेतृत्वमा सरकार गठन हुन्छ भन्न नसकिने उल्लेख गरे । उनले माओवादी केन्द्र र काँग्रेस मिलेर आलोपालो प्रधानमन्त्री चलाउने चर्चा हुँदै आएको भएपनि निर्णय भने भइनसकेको बताए । नेकपा एमालेका अध्यक्ष ओलीसँग सम्वादका लागि फोन गरेपनि उनले नउठाएको समेत दाहालले बताए ।

उनले ओलीले संविधान र परिवर्तनलाई सिध्याएरै छाड्ने मनसाय बनाएको आरोप समेत लगाए । संविधान सिध्याएरै छाड्ने केपीको दुःसाहस कुनै पनि हालतमा पूरा हुन नदिने उनले उल्लेख गरे । प्रधानमन्त्रीले अझै पनि लोकतन्त्रविरुद्ध चलखेल गरिरहेको अध्यक्ष दाहालको भनाइ छ ।

दाहाल सिन्धुली जिल्लामा कुनै औपचारिक कार्यक्रम बिना पुगेका हुन । २७ वर्ष अगाडी विद्रोहको तयारी गर्ने प्रशिक्षणका क्रममा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलको सिन्धुलीस्थित घरमा उनी बुधबार बसेका हुन ।।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..