फर्जी कागजात बनाई ठेक्का हात पारेको आरोपमा ठेकेदार महर्जन सीआईबीको नियन्त्रणमा

काठमाडौं । कीर्ते कागजात बनाएर ठेक्का हात पारेको आरोपमा ठेकेदार रवीन्द्र महर्जन पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले महर्जनलाई बुधबार साँझ ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो । उनलाई ब्युरोको हिरासतमा राखिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रपछि सीआईबीले महर्जनलाई बुधबार साँझ नियन्त्रणमा लिएको छ । देशका विभिन्न ठाउँ भएका विभिन्न बोलपत्रमा योग्यता नपुग्दा नपुग्दा फर्जी कागजात पेस गरी उनले ठेक्का हात पारेको आरोप हो । ब्युरोका प्रवक्ता एसपी गंगा पन्तले महजर्नमाथि अनुसन्धान भइरहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..