हत्या आरोपमा ३ जना पक्राउ

काठमाडौं । काठमाडौंको टोखामा एक युवकको हत्या गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक भुपेन्द्रकुमार शाह, रौतहटका शेख अबदुल आलम र मोहम्मद कासिम मञ्सुरी छन् ।


गत फागुन २९ गते टोखा नगरपालिका–१, मालुङस्थित सडक किनारमा रहेको बासको झ्याङमा मोरङ उर्लाबारीका आशिष लिम्बूको शव फेला परेको थियो । लगत्तै प्रहरी वृत्त, महाराजगञ्ज र काठमाडौं प्रहरीको टोलीले अनुसन्धान थालेको थियो ।

त्यसक्रममा लिम्बूलाई कुटपिटपछि घाँटी चिथेर हत्या गरेको पाइएको काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले बताए । बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिंहले भने, ‘मञ्सुरीले सञ्चालन गरेको बाइक वर्कसपभित्र हत्या भएको थियो भने शवलाई तन्नामा पोको पारेर फ्यालिएको पाइएको छ ।’उनीहरुले शवलाई फ्याल्नका लागि ग्राहकले बनाउन दिएको दुई वटा स्कुटर प्रयोग गरेको पाइएको सिंहले बताए । उनका अनुसार शवलाई मञ्सुरी र शेख अबदुलले स्कुरटरको बीचमा राखेर लगेका थिए भने भुपेन्द्रले अर्को स्कुटर चलाएर निगरानी गरेको पाइएको छ ।


प्रहरीले शेख अबदुललाई एमडी मोटरसाइकल वर्कसपबाट पक्राउ गरेको जनाएको छ भने भारतीय नागरिक शाह नयाँ बसपार्क क्षेत्रबाट पक्राउ परेका हुन् । सिंहका अनुसार कासिम मञ्सुरी चाहिँ भागेर रौतहट पुगिसकेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय, रौतहटसँगको समन्वयमा पक्राउ गरिएको हो ।

तीन जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंबाट ज्यान सम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान हुने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..