हत्या आरोपमा ३ जना पक्राउ

काठमाडौं । काठमाडौंको टोखामा एक युवकको हत्या गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक भुपेन्द्रकुमार शाह, रौतहटका शेख अबदुल आलम र मोहम्मद कासिम मञ्सुरी छन् ।


गत फागुन २९ गते टोखा नगरपालिका–१, मालुङस्थित सडक किनारमा रहेको बासको झ्याङमा मोरङ उर्लाबारीका आशिष लिम्बूको शव फेला परेको थियो । लगत्तै प्रहरी वृत्त, महाराजगञ्ज र काठमाडौं प्रहरीको टोलीले अनुसन्धान थालेको थियो ।

त्यसक्रममा लिम्बूलाई कुटपिटपछि घाँटी चिथेर हत्या गरेको पाइएको काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले बताए । बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिंहले भने, ‘मञ्सुरीले सञ्चालन गरेको बाइक वर्कसपभित्र हत्या भएको थियो भने शवलाई तन्नामा पोको पारेर फ्यालिएको पाइएको छ ।’उनीहरुले शवलाई फ्याल्नका लागि ग्राहकले बनाउन दिएको दुई वटा स्कुटर प्रयोग गरेको पाइएको सिंहले बताए । उनका अनुसार शवलाई मञ्सुरी र शेख अबदुलले स्कुरटरको बीचमा राखेर लगेका थिए भने भुपेन्द्रले अर्को स्कुटर चलाएर निगरानी गरेको पाइएको छ ।


प्रहरीले शेख अबदुललाई एमडी मोटरसाइकल वर्कसपबाट पक्राउ गरेको जनाएको छ भने भारतीय नागरिक शाह नयाँ बसपार्क क्षेत्रबाट पक्राउ परेका हुन् । सिंहका अनुसार कासिम मञ्सुरी चाहिँ भागेर रौतहट पुगिसकेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय, रौतहटसँगको समन्वयमा पक्राउ गरिएको हो ।

तीन जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंबाट ज्यान सम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान हुने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..