नेकपा एमालेले लियो समर्थन फिर्ता

काठमाडौं । नेकपा एमालेले प्रर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको प्रदेशसभा संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

सांसद गुलाबजंग शाहका अनुसार उक्त बैठकले मन्त्रीहरुलाई पनि फिर्ता हुन निर्देशन समेत दिएको छ । उक्त बैठकमा माधव कुमार नेपाल पक्षका सांसद भने अनुपस्थित थिए ।बैठकमा नआएका सांसदहरुलाई स्पष्टिकरण सोध्ने निर्णय भएको बताइएको छ ।

नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही मुख्यमन्त्री रहेको कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला रहेका छन् ।

त्यस्तै सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वातावरणमन्त्री नन्दसिंह बुढा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..