सरकारी कार्यालयहरूमा प्रजिअ कणेलको छड्के अनुगमन, ,यातायातबाट दुई दलाल पक्राउ

गौरभ साह / लहान । सिरहाको लहान नगरपालिका वडा नम्बर – ८ स्थित रहेको मालपोत घटनापछि प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कणेलले सरकारी कार्यालयहरुमा अनुगमन गरेको छ । 

सिडिओ कणेलले मालपोत घटनापछि जारी गरिएको सुरक्षा निगरानीको सन्दर्भमा अनुगमन गरेका हुन् । अनुगमनको क्रममा यातायात कार्यालय लहानबाट २ दलाललाई पक्राउ समेत गरिएको हो ।

सिरहा जिल्लाको लहानस्थितमा रहेको यातायात कार्यालय लहामबाट दुई बिचौलिया (दलाल)लाई पक्राउ गरिएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी सुदिप राज भण्डारी , सशस्त्र प्रहरी बल ७ नम्बर गण सिरहाका प्रमुख एसपी दिपेन्द्र गिरि , राष्ट्रिय अनुसंधान बिभाग जिल्ला कार्यालय सिरहाका प्रमुख एसपी तुलसी प्रसाईं , ईलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक ( डीएसपी ) डा. तपन दाहाल ,सशस्त्र बेस क्याम्प लहानका डिएसपी विनोद थापा, जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाका प्रमुख इन्सपेक्टर दान बहादुर मिरिँग सहितको टोलीले सरकारी कार्यालयको अनुमगन गरेको हो । 

सो क्रममा नापी कार्यालय लहान , मालपोत कार्यालय लहान, यातायात कार्यालय लहान र डिभिजन बन कार्यालय लहानमा अनुगन गरिएको जनाइएको छ । 

अनुगमनको क्रममा सरकारी कर्मचारीहरुको काम कारवाही, कार्य सम्पादन र सेवाग्राहीहरुको गुनासो समेत सुनेका थिए । प्रजिअ कणेलले सरकारी कार्यालयमा कुनै पनि समस्या भए स्थानीय प्रशासनलाई जानकारी गराउन आम सेवाग्राहीमा आग्रह समेत गरे । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

प्रहरीको आन्तरिक शुद्धिकरण मेरो प्राथमिकता : नवनियुक्त आईजीपी कुँवर

प्रहरीको आन्तरिक शुद्धिकरण मेरो प्राथमिकता : नवनियुक्त आईजीपी कुँवर

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको त्यो अडान जस्को कारण आज कुँवर आइजिपी बने काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक शुद्धिकरण आफ्नो प्राथमिकता..