नेपाल वायुसेवा निगम टाट पल्टने अवस्थामा , ऋणको किस्ता समेत तिर्न सकेन

काठमाडौं। नेपाल वायुसेवा निगम टाट पल्टने अवस्थामा पुगेको छ। एकातर्फ काेरना कहर भनेर भनिरहे पनि यथार्थमा समस्या यो मात्रै नभएर निगम भित्रकाे भ्रष्टाचार र अावश्यक भन्दा बढी कर्मचारीकाे संख्या जस्ता कारणहरू पनि निगम टाट पल्टने कारणहरू हुन ।

निगम वित्तीय संकटमा फसेपछि जहाज किन्न ऋण दिएका कर्मचारी संचय कोष र नागरिक लगानी कोष वित्तीय संकटमा परेका छन्। दुबै संस्थाबाट लिएको ऋणको एक पैसा पनि ब्याज तिरेको छैन। निगमले अझै केही वर्ष लिएको ऋण तिर्नसक्ने अवस्था देखिदैन। निगम टाट पल्टने अवस्थामा फसेपछि संचयकर्ताको लगानी समेत जोखिममा पर्ने देखिएको छ।

नियमित किस्ता तिर्न छाडेपछि दुबै कोषले पैसा उठाउन अर्थमन्त्रालयसँग हारगुहार गरेका छन्। चार वटा ठूला जहाज किन्न निगमले ३४ अर्ब ऋण लिएको थियो। एक वर्षदेखि किस्ता नतिरेपछि निगमको ऋण पाँच अर्ब थपिएर ३९ अर्ब रुपैयाँ पुगेको छ। संचयकोषबाट २२ अर्ब रुपैयाँ ऋण लिएको निगमले २०७६ पुसदेखि किस्ता तिर्न छाडेको र तीन अर्ब रुपैयाँ साँवामा गाभिएको छ।

कोभिड-१९का कारण वित्तिय अवस्था नै संकटमा रहेको कारण देखाउँदै किस्ता नियमित रुपमा नतिरेपछि कर्मचारी सञ्चयकोषले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ। कोषका प्रमुख प्रशासक तुलसीप्रसाद गौतमले एक वर्षदेखि किस्ता नतिरेको बताउँदै निगमको ऋण २५ अर्ब पुगिसकेको जानकारी दिए। निगमले आफ्नो हैसियतले ऋण तिर्न सक्ने देखिएको छैन। सरकारले सहयोग गरेन भने निगमले ऋण तिर्नसक्ने अवस्था छैन्।

कर्मचारीको संख्या घटेको छैन। संचालन खर्च बढिरहेको छ । ग्राउण्ड ह्यान्डलिङको आम्दानी पनि घटेको छ। निगमले कोषबाट लिएको ऋणको किस्ता मात्रै ४० करोड रुपैयाँ बुझाउनुपर्छ। नागरिक लगानी कोषले समेत जहाज खरीदका लागि लिएको ऋणको किस्ता बुझाउन छाडेको जनाएको छ।

कोषले किस्ता बुझाउन छाडेपछि ब्याज पुँजीकरण गरेर १३ अर्ब ८२ करोड रुपैयाँ ऋण भइसकेको छ । निगमले पछिल्लो पटक २०७६ माघमा ४५ करोड रुपैयाँ तिरेको थियो। माघ पछि भने निगमले ब्याज तिर्न छाडेको छ। किस्ता तिर्न नसकिएको निगमका प्रवन्ध निर्देशक डिमप्रसाद पौडेलले स्वीकारे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..