सामाजिक संजालको दुरुपयोग गरी विभिन्न व्यक्तिलाई ठगी गर्ने पक्राउ


ललितपुर । सामाजिक संजाल फेसबुक, वाट्स एप, ई-सेवा, आईएमई पे वालेट दुरुपयोग गरी आफू अमेरिकाको नागरिक भएको भन्दै बिभिन्न व्यक्तिहरुलाई ठगी गरेको अभियोगमा मोरङ विराटनगर महानगरपालिका-३ बस्ने सिरहा लाहान घर भएका २३ वर्षीय रन्जित यादवलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक संजाल मार्फत विभिन्न व्यक्तिहरुसँग कुराकानी गरी बिश्वास दिलाई पीडितहरुलाई बिभिन्न ईलोक्ट्रोनिक सामानहरु नेपालसम्म डेलिभरी गराई दिने प्रलोभनमा पारी रकम जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा संलग्न यादवलाई महानगरीय प्रहरी परिसर ललितपुर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

लहान । मधेस प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमाप्रसाद चतुर्वेदीले राष्ट्र र नागरिकलाई सर्वोपरि राखी उच्च व्यावसायिक निष्ठाका साथ कर्तव्य निर्वाह गर्न..