सामाजिक संजालको दुरुपयोग गरी विभिन्न व्यक्तिलाई ठगी गर्ने पक्राउ


ललितपुर । सामाजिक संजाल फेसबुक, वाट्स एप, ई-सेवा, आईएमई पे वालेट दुरुपयोग गरी आफू अमेरिकाको नागरिक भएको भन्दै बिभिन्न व्यक्तिहरुलाई ठगी गरेको अभियोगमा मोरङ विराटनगर महानगरपालिका-३ बस्ने सिरहा लाहान घर भएका २३ वर्षीय रन्जित यादवलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक संजाल मार्फत विभिन्न व्यक्तिहरुसँग कुराकानी गरी बिश्वास दिलाई पीडितहरुलाई बिभिन्न ईलोक्ट्रोनिक सामानहरु नेपालसम्म डेलिभरी गराई दिने प्रलोभनमा पारी रकम जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा संलग्न यादवलाई महानगरीय प्रहरी परिसर ललितपुर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..