चार किलो चरेससहित कपिलवस्तुबाट एक महिला पक्राउ

धनी राम काेरी / कपिलवस्तु जिल्ला काे कृष्णनगर नगरपालिका वडा नं -२ बसपार्क नेपाल बाट लागु अाैषध ४ किलो चरेससहित राेल्पा कि ३४ बर्षिया एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी नायव निरिक्षक भुपेन्द्र पाण्डे शर्मा समेतको टाेली र सशस्त्र प्रहरी बल विअाेपी काे संयुक्त टाेलीले गस्ती काे क्रममा विहान कृष्णनगर नगरपालिका वडा नं २ बसपार्कमा स्थितमा पुगेकाे अवस्थामा कृष्णनगर बसपार्क देखि भारत तर्फ पैदल हिडि शंकास्पद अवस्थामा जाँदै गरेकी राेल्पा जिल्ला कि परिवर्तित गाउपालिका वडा नं – २ राङ्सी बस्ने ३४ बर्स कि पुर्णिमा घर्तीमगर लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शान्ति पुनस्र्थापना गृह कपिलवस्तु का कर्मचारी समेतलाई सहयोग लिइ निजको शरीर रितपुर्वक तलासी गर्दा निजले लगाएको सुरवाल भित्र एङ्लेड (निक्याप) मा राखी साेही एङ्लेड (निक्याप) मा लुकाई छिपाई प्लास्टिकले वेरी राखेको अवस्थामा ८ प्याकेट (पाेका) मा तत्काल साेही स्थान मा ताैल गर्दा ४ किलो लागू अाैषध चरेस सहित पुर्णिमा घर्तीमगरलाई प्रहरीले नियन्त्रण मा लिइएको छ ।

लागु अाैषध मुद्दा मा म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कृष्णनगर बाट प्राप्त जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..