लागूऔषध ब्राउन सुगर सहित तिन पक्राउ

मोरङ । झापा र मोरङ जिल्लाबाट सोमबार लागूऔषध ब्राउन सुगर सहित तीन जना पक्राउ गरिएको छ । लागूऔषध नियन्त्रण व्युरो काकडभिट्टाबाट खटिएको प्रहरी मेचीपुलबाट ईलामको ईलाम नगरपालिका २ का २५ बर्षीय मन्दिप श्रेष्ठलाई १ ग्राम लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको हो ।

त्यस्तै अस्थाई प्रहरी चौकी बलियाबाट खटिएको प्रहरी टोलीले सुनसरी ईटहरी ५ का ४१ बर्षीय पदम बहादुर तामाङ र बराहाक्षेत्र ५ का ३३ बर्षीय राम कुमार चौधरीलाई लागूऔषध ब्राउनसुगर २ ग्राम र निजहरुले चलाएको को२७प ६६९२ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिईएको छ । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..