प्रधानमन्त्री ओलीलाई छिटो विदा गर्न चुक्यौँ भने इतिहासले माफ गर्नेछैन – पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का अध्यक्ष केपी ओलीले राज्यका सबै अंग र साधन स्रोत कब्जा गर्न खोजेको बताएका छन् ।

ओलीले सद्दाम हुसेन, परवेज मुसर्रफ तथा हुन सेनले जस्तै चुनाव गराएर आफू चक्रवर्ती बादशाह बनिरहने सपनाबाट पछि हट्ने छाँटकाँट नदेखाएको  डा.भट्टराईको टिप्पणी छ ।

बुधबार बिहान ट्विट् गर्दै  डा.भट्टराईले ओलीलाई छिटो विदा गर्न र लोकतन्त्र तथा संविधानको रक्ष गर्न चुकेमा इतिहासले माफी नदिने पनि बताएका छन् ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठकमा ओलीले संसद भंग गर्न दलहरुसँग सुझाव मागेका थिए । तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायतले ओलीको त्यस भनाइको प्रतिवाद गरेका थिए ।

त्यस्तै मंगलबार बालुवाटारमा आयोजित चियापानमा ओलीले प्रतिनिधिसभा विघटन गर्नुको औचित्य पुष्टि हुँदै जाने उल्लेख गरेका थिए । ओलीले यस्तो बताइरहेका बेला पूर्वप्रधानमन्त्री डा. भट्टराईले पछिल्लो प्रतिक्रिया दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..