पत्ता लाग्यो कविता बोहराको हत्यारा


सल्यान । सल्यानको त्रिवेणी गाउँपालिका काभ्राकी कबिता बोहराको हत्या गर्ने ब्यक्ति पत्ता लागेको छ । करीब एक वर्ष अघि कविता बोहराको हत्यामा संलग्नलाई सल्यान प्रहरीले पक्राउ गरेको हो ।
मंगलबार (आज) जिल्ला प्रहरी कार्यालय, सल्यानमा आयोजित पत्रकार सम्मेलनमार्फत् प्रहरीले हत्याराको बारेमा खुलासा गरेको हो ।२०७६ फागुन २ गते भ्यालेन्टाइन दिवसको मध्यराति करीब १ बजेको समयमा बोहराको हत्या गरिएको थियो ।विगत १३ महिनादेखि प्रहरीको गहिरो अनुसन्धान पश्चात प्रहरीले कविताको हत्यारा पत्ता लगाउन सफल भएको हो । एक पक्षीय प्रेममा परेका स्थानीय युवकले कविताको हत्या गरेको प्रहरीले बताएको छ ।


बोहराको हत्या गर्ने व्यक्ति तल्लो काभ्रा निवासी १६ वर्षीय युवक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी गोबिन्द थापाले बताए । युवकले कविता बोहरालाई एक पक्षीय रुपमा प्रेम गर्ने र बारम्बार प्रेम प्रस्ताव गर्ने गरेका थिए । तर, कविता अर्कैको प्रेममा रहेको कुरा थाहा पाएपछि उनले कविताको हत्या गरेको बयानमा बताएका छन् । युवक स्थानीय विद्यालयमा कविता भन्दा एक कक्षा माथि १० कक्षामा अध्ययनरत रहेका थिए ।

उनले बारम्बार कबितालाई प्रेम प्रस्ताव गरेका थिए । तर कबिताले कुुुनै मतलब गरेकी थिइनन् । हत्या गर्ने व्यक्ति मृतक कविताको दिदीको गाउँले छोरा (भतिज) नाता पर्ने बताइएको छ । कविता र युवकको घर करिब १० मिनेट समयको दूरीमा रहेको कविताका बुवा खड्क बहादुर बोहराले बताए ।
छोरीको हत्यारा पत्ता लगाउने प्रहरीलाई उनले धन्यवाद ब्यक्त गरेका छ्न ।


कविताको हत्या गर्ने व्यक्ति १८ वर्ष मुनिका भएकाले अदालतको आदेश अनुसार सुधार गृह नेपालगन्जमा पठाइएको प्रहरीले बताएको छ । घटना भएपश्चात संघीय प्रहरी, नेपालगन्ज प्रहरी तालिम केन्द्र, प्रदेश प्रहरी, सीआईबी र सल्यान प्रहरीको गहिरो अनुसन्धान पश्चात घटना निचोडमा पुगेको डीएसपी थापाले बताए ।

पत्रकार सम्मेलनकैबीच कविता हत्या प्रकरण समाधान गर्न अहम भूमिका निर्वाह गरेको भन्दै प्रहरी निरीक्षक लक्ष्मण वलीलाई कदर पत्रका साथ सम्मान गरिएको छ ।यो घटनाको प्रमुख अनुसन्धान अधिकृतको रुपमा उनले आफ्नो दृढता र अठोटका साथ आफ्नो जिम्मेवारी पूरा गरेको भन्दै प्रहरी नायव उपरीक्षक थापाले उनलाई बधाइ तथा धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..