विधान विपरीत काम गर्ने अध्यक्ष ओलीचाहिँ कारबाहीबाट मुक्त हुन्छन् ? – माधव नेपाल समूह

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) को माधवकुमार नेपाल समूहले विधान विपरीत काम गर्ने अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही हुने कि नहुने भन्ने प्रश्न गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले फुटको राजनीति सुरु गरेको भन्दै नेपाल पक्षले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली कारबाहीको भागी हुनुपर्ने बताएका हुन् ।

नेपाल समूहले गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले अध्यक्ष ओलीले पार्टीको विद्यान विपरीत काम गरेको दाबी गर्दै उनी कारबाहीकाे भागीदार हुनुपर्ने बताएका हुन् । अध्यक्ष स्वयंमले गुठको राजनीतिलाई प्रसय दिएको, भेला गर्नुको साथै विभिन्न निर्णयहरु एकलौटी रुपमा विद्यान मिचेर गरेको बताउदै उनी नै कारबाहीको भागी हुनु पर्ने कि नपर्ने भन्ने प्रश्न गरेका हुन् ।

आफैं गलत कार्य गर्ने अध्यक्षले अरुलाई कारबाही गर्छु भन्न नसुहाउने बताउदै उहाँले पार्टी विधान विपरीत काम गर्ने अध्यक्ष पनि कारबाहीको भागी हुने हो कि होइन अध्यक्षचाहिँ त्यसबाट मुक्त हुन्छ, भन्ने प्रश्न गरेका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री एमव् अध्यक्ष ओलीले नेपाल समूहले पार्टीभित्र भाँडभैलो गरेको आरोप लगाएका थिए । साथै उनले नेपाल समूहले पार्टीको विद्यान विपरीत कार्यकता भेला गर्न लागेको र सो भेलामा जाने सांसदहरुलाई एक एक गरेर कारबाही गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

राजनीतिक नेतृत्वहरु कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ,तर व्यबहारमा त्यो देखिन्न – सिंह

काठमाडौं । राजनीतिक नेतृत्वहरू कुरा गर्दाचाहिँ प्रहरीलाई बलियो बनाउनुपर्छ भन्नुहुन्छ । ऐन–कानुन संशोधन गरेर बलियो नीति बनाउनुपर्छ भन्नुहुन्छ, तर व्यवहारमा त्यो देखिन्न  निवर्तमान प्रहरी महानिरीक्षक..