राष्ट्रपतिको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार बैठक दिउँसो ४ बजे शीतलनिवासमा बस्नेछ । बैठकमा पूर्वप्रधानमन्त्रीहरु तथा संसदमा प्रतिनिधित्व गर्ने मुख्य दल तथा साना दलहरुलाई बोलाइएको छ ।

आजको बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

राष्ट्रपति भण्डारीको यो पहललाई सबै दलहरुबीच समझदारी गराउने प्रयासको रुपमा हेरिएकाे छ । पछिल्लो समय राजनीतिक दलहरुबीचमा असमझादरी र तिक्तता बढ्दै जाँदा देश बेमेलतिर मात्र हैन गम्भीर संकटतिर धकेलिने सम्भावनाहरु बढ्दै गएका छन् ।

संसद पुनर्स्थापनापछि सर्वोच्च अलदालतले नेकपा एमाले र नेकपा माओवदी ब्युँतिनेगरी आदेश जारी गरेपछि राजनीतिक वृत्तमा थप तरंग पैदा गरेकाे थियाे । त्यसपछि सरकार ढाल्ने र नयाँ सरकार बनाउने विषयमा दलहरु आ-आफ्नो समिकरण बनाउन लागिपरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..