किशोरी बलात्कार गर्ने युवक पर्सा प्रहरीको नियन्त्रणमा

पर्सा । विवाह गर्छु भनेर किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बाराको जितपुर सिमरा उप–महानगरपालिका–१० घर भएका रमेश हजरालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले उनलाई पक्राउ गरेको हो । ३० वर्षीय पासवानले वीरगन्जकी १७ वर्षीय किशोरीलाई ‘विवाह गर्छु’ भन्ने विश्वास दिलाएर पटक–पटक बलात्कार गरेको बताइएको छ ।


वीरगञ्जस्थित एउटा लजमा लगेर उनले किशोरीलाई पटक–पटक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता (डिएसपी) ओम प्रकाश खनालले रातोपाटीलाई बताए । किशोरीसँग प्रेमको बहाना बनाएर नजिकिएका रमेश आफ्नो स्वार्थ पुरा भएपछि सम्पर्कमा आउन छाडेका थिए ।

अनि, किशोरी प्रहरीको सम्पर्कमा गएकी हुन् । किशोरीको तर्फबाट आमाले फागुन २१ मा पर्सा प्रहरीमा जबर्जस्ती करणीको जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

राष्ट्र र नागरिकलाई शीरमा राखि असल आचरणका साथ काम गर्न डिआईजी चतुर्वेदीको निर्देशन

लहान । मधेस प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमाप्रसाद चतुर्वेदीले राष्ट्र र नागरिकलाई सर्वोपरि राखी उच्च व्यावसायिक निष्ठाका साथ कर्तव्य निर्वाह गर्न..