तरकारीको बोरामा लागूऔषध तस्करी : दुई जना पक्राउ

वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले लागूऔषध अनरेक्स र नाइट्रोभेट ट्याबलेटसहित २ जनालाई पक्राउ गरेको छ । दुई जना मध्ये एक जना भारतीय नागरिक छन् । भारतको उत्तर प्रदेश राज्य गोरखपुर जिल्ला पोखरा गाउँका ५५ वर्षीय रमेश दास र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ बस्ने २९ वर्षीय रामकुमार देउजा पक्राउ परेका हुन् ।

आइतबार दिउँसो १२ बजेको समयमा वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लागूऔषध नियन्त्रण ब्युरो वीरगञ्जको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुको साथबाट लागूऔषध अनरेक्स १ सय एमएलको ५० बोतल र १० पत्ता ३ सय ट्याबलेट बरामद गरेको थियो ।तरकारी हालेको बोराभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

‘तरकारी व्यापारी पनि हैनन्, घरायसी प्रयोगका लागि पनि हैन,’ डीएसपी खनालले भने ‘ एउटा बोरामा काउली, सागहरु राखेको रहेछन् । त्यसको मुनि उनीहरुले लागूऔषध लुकाएका रहेछन् । खोजतलास गर्दा भेट्टाउन सफल भयौं ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्कीसहित ६ जना प्रहरी अधिकारी एआईजीमा बढुवा सिफारिस

लहान । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दान बहादुर कार्की सहित ६ जना प्रहरी अधिकृत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि..